आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

0
196

कपिलवस्तु,

आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको अभियोगमा बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय जिवन केसीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here