बुधबारे जेसीजको १२ औं स्थापना दिवसमा रक्तदान

0
208

झापा ।

बुधबारे जेसीजको १२ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

सन् २०१२ मा स्थापना भएको बुधबारे जेसीज ११ बर्ष पूरा गरि १२ औँ बर्षमा प्रवेश गरेको हो । बुधबारे जेसीज बर्ष २०२३का अध्यक्ष जेसी अर्जुन ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बुधबारे जेसीजका सस्थापक अध्यक्ष प्रकाश शिवाकोटी थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बुधबारेका अध्यक्ष पुष्प भट्टराई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।

झापामा निरन्तर भईरहने रगतको अभाव लाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सित्तल तिम्सिनाले बताए ।
रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here