झापा, सबै पेशा र क्षेत्रका मानिसहरु अहिले साइकिलिङ प्रति आकर्षित बनेका छन् ।
खास गरि शारीरिक श्रम कम गर्ने सहर बजारका मानिसहरु साइकिलिङ प्रति आकर्षित हुँदै गएका हुन् ।
कोरोनाका कालमा शारीरिक व्यमका लागि रुचाइएको साइकिलिङ अहिले अधिकांशको रोजाइमा पर्ने गरेको छ । शारीरिक तन्दुरुस्तिका लागि फस्ट स्टेप फिटनेश बिर्तामोडले साइकिलिङ प्रतियोगिता गरेको छ ।
बिर्तामोडस्थित एक किलोमिटरबाट शुरु भएको साइकिलिङ अर्जुनधारा ११ सालवारी पुगेर समापन गरिएको प्रदीप राईले जानकारी दिए । प्रतियोगितामा २३ जनाको सहभागीता रहेको थियो । स्वास्थ्य जीवनका लागि साइकिलिङ भन्ने नारा सहित प्रतियोगिता आयोजना गरिएको थियो ।































