समाजसेवामा सक्रिय ओमप्रकाश सरावगी

१४ चैत्र २०७९, मंगलवार मा प्रकाशित

बुबा स्व. सरजमल र आमा स्व. दुर्गादेवी सरावगीको पहिलो सन्तानको रुपमा वि.सं.२००० साल फागुनमा भद्रपुरमा ओम सरावगीको जन्म भएको हो । उहाँका बुवा नेपाल प्रजापरिषद्को झापा जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य हुनुहुन्थ्यो । मेची पुल निर्माण समितिको अध्यक्षका रुपमा सिमरादेखि काठमाडौंको प्लेन दुर्घटनामा उहाँको २०१४ मा निधन भयो । जसमा नेपाली कांग्रेसका प्रसिद्ध नेता एन.डी.प्रकाश चटौत पनि पर्नु भएको थियो भने यो नेपालकै पहिलो प्लेन दुर्घटना थियो ।

परिवारमा भाइहरु नन्दकिशोर सरावगी र देवानन्द सरावगी एवम् बहिनीहरु विमला र उर्मिला रहेका छन् । सानै उमेरदेखि राजनीति, समाजसेवा र खेलकुदमा रुची थियो । अहिलेको भद्रपुर हाइस्कूललाई त्यतिबेला श्री पद्मोदय हाइस्कूल भनिन्थ्यो, २०३१ सालमा कक्षा १० मा पढ्दै गर्दा सरावगी विद्यार्थी संघको अध्यक्ष हुनुभयो । त्यसपछि राजनीति, समाजसेवा र खेलकुदमा मैले पछाडि फर्केर हेर्नु परेन । त्यसपछि भद्रपुर नगरपालिकाको वडाध्यक्ष (२०२१), २०२७ सालमा फेरि वडाध्यक्ष, २०२९ सालमा निर्विरोध प्रधानपञ्चमा निर्वाचित हुनुभयो भने त्यतिबेला गाउँ फर्क आएपछि उपप्रधान पञ्च बनाइयो । बालिग मताधिकारको आधारमा २०४३ सालमा फेरि प्रधानपञ्च हुनुभयो । जसमा ७२.४ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । सम्भवतः यो त्यतिबेलाको नेपालकै रेकर्ड हो ।

त्यसपछि २०४६ सालदेखि नेपाली कांग्रेसको साधारण सदस्य, पहिलो आमनिर्वाचन प्रचार समितिको महासचिव, जिल्ला समिति सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यका रुपमा सक्रिय रहनुभयो । त्यसपछि पहिलो प्रदेश सभामा सांसद हुनुभयो । ज्येष्ठताको आधारमा ९२ जना सांसदलाई सपथ खुवाइएको थियो । तीन पटक सभामुखको भूमिका निर्वाह गर्दै प्रदेश सभाको आर्थिक समतिको सदस्य र पछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि समेत हुनुभयो ।


वि. सं. २०१४ सालदेखि २०१६ सालसम्म फुटबलमा बी. टीमको खेलाडी, ब्याटम्यान्टिनमा दुई पटक जिल्ला च्याम्पियन, २०१७ सालमा भद्रपुर फुटबल एशोसिएसनको सचिव र २०२६ देखि २०४० सालसम्म मेची अञ्चल खेलकुद विकास समितिको सदस्य रहेर स्टेडियम निर्माणमा विशेष भूमिका निर्वाह गर्नुभयोे । नेपाल क्रिकेट संघ ९ऋब्ल्०को संस्थापक उपाध्यक्ष भएर १२ वर्षसम्म काम गर्नुभयो । त्यसपछि भद्रपुरमा हुने त्रिभुवन मेमोरियल गोल्डकप (२०४८)को अध्यक्षका रुपमा समेत काम गर्नुभयोे । झापा जिल्लाका खेलाडीहरुमा एकमात्र जीवित खेलाडी सरावगी पनि हुनुहुन्छ ।
वि. सं. २०२३ सालमा भद्रपुर मिल्स एशोसियसनको जिल्ला सभापति, २०२५ सालमा भद्रपुर मर्चेण्ट एशोसियसनको अध्यक्ष, नेपाल उद्योग बाणिज्य संघको केन्द्रीय सदस्य हुनुभयो । नेपाल रेडक्रस सोसाइटीको संस्थापक उपाध्यक्ष हुनुभयो भने दोस्रो कार्यसमितिमा अध्यक्ष भएर केन्द्रीय दैवीप्रकोप उद्धार समितिको केन्द्रिय सदस्य तथा नेपाल परिवार नियोजन संघमा पनि आवद्ध रहनुभयो । उहाँले बालमन्दीरमा योगदान पुर्याउनुभएको छ । सूर्याेदय जेसीजको सदस्य र हाल मानार्थ सदस्य हुनुहुन्छ । त्यसैगरी लायन्स क्लव अफ भद्रपुरको संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेण्ट), सल्लाहकार, प्रमुख सल्लाहकार हुँदै हाल डिष्ट्रिक छ तय ऋ को ब्राण्ड एम्बेसडर हुनुहुन्छ ।

त्यसैगरी भद्रपुर मारवाडी संघको संस्थापक अध्यक्ष, नेपाल भारतमैत्री संघको संस्थापक अध्यक्ष, पूर्वाञ्चल उपाध्यक्ष, त्यसपछि बरिष्ट केन्द्रिय उपाध्यक्ष भएर हालसम्म तीन पटक केन्द्रीय अध्यक्ष हुनुभयो । मेची बहुमुखी क्याम्पस समितिको संस्थापक सचिव र हाल पनि सदस्य रहनुभएका सरावगी मेची अञ्चल अस्पतालको दुई पटक अध्यक्ष भएर भारतीय दुतावासको सहयोगमा प्रसूती गृह बनाउन पहल गर्नुभयो । त्यसअघि भद्रपुर माध्यमिक विद्यालयको एक पटक सदस्य र अध्यक्ष भएर काम गर्नुभयो । त्यसैगरी भद्रपुर गौशालाको चार वर्षसम्म अध्यक्ष हुनुभयो भने भद्रपुर कृष्ण मन्दीरको तीन वर्षसम्म अध्यक्ष पनि हुनुभयो । त्यसैगरी भद्रपुर दूर्गा मन्दिरको सदस्य र तीन वर्षसम्म अध्यक्ष हुनुभयो भने चार वर्षसम्म भद्रपुर पुस्तकालयको अध्यक्ष पनि रहनुभयो ।

सरावगी भन्नुहुन्छ अनुगमन र व्यवस्थापनमा जोड दिन जरुरी छ । सहकारी मार्फत निम्न आय भएका व्यक्तिलाई व्यापक रोजगारी दिन सकिन्छ । सरावगी भन्नुहुन्छ– ‘के गर्न सकेँ के गर्न सकिनँ, त्यो भने मैले भन्ने भन्दा अरुले मूल्यांकन गर्ने कुरा हो । तर, जीवनको यो उत्तराद्र्धमा पनि केही गरौं भन्ने जोश, जाँगर र आँट भएरै अहिले पनि सामाजिक सेवामा र राजनीतिबाट विश्राम नलिएर सक्रिय छु ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here