काठमाण्डौं ।

चीनद्वारा एकतर्फी रुपमा बन्दगरिएको पश्चिम नेपाल दार्चुला को तक्लाकोट नाका अहिलेसम्म चीनिया अबरोधका कारण खुल्न सकेको छैन।बिगत ३ बर्षदेखि नाकाबन्द भएपछि यहाका स्थानीय ब्यबसायी तथा जनताहरु मार्कामा परेका छन।
६ महिना सम्म ताक्लाकोट बजारमै बसेर व्यापार ब्यबसाय गर्ने दार्चुलाका स्थानिय व्यापारीहरु चीनले नाका बन्द गरिदिए पछि व्यापार गर्न जान पाएका छैनन। चीनले एकतर्फी रुपमा सिमानाका बन्द गरिदिदा त्रिदेशिय रुपमा व्यापार गर्दै आएका ब्यबसायीहरु समस्यामा परेका छन।जिल्लाका सबै जसो बजारमा चीनबाट ताक्लाकोट भएर सामानहरु भित्रने गरेको थियो तर चीनियाँ नाकाबन्दीका कारण बिगत ३ बर्ष देखि ताक्लाकोटबाट चीनिया सामान ल्याउन नसक्दा स्थानीय जनता र व्यावसायि हरुले ठूलो समस्या भोग्नुपरेको स्थानिय हरुले बताउदै आइरहेका छन।
चीन संग सिमा जोडिएका नेपालका अन्य उत्तरी नाकाहरुमा समेत चीनको अवरोध कायमै छ।बिगत ३ बर्षदेखि चीनले नाका बन्द गरिदिदा बर्षको ६ महिना ताक्लाकोट पुगेर ब्यापार गर्ने व्यापारी हरु मार्कामा परेका छन भने ताक्लाकोट नाका बन्द भएपछि त्यहा विभिन्न ब्यबसायी गर्दै आएका नेपाली ब्यबसायिको आयस्रोतको बाटो बन्द भएको छ।
कोरोनाको बाहाना बनाएर चीनियाँ अधिकारीहरुले भन्सार पास नगरिदिदा धेरै ब्यबसायी हरुको करोडौं मूल्य बराबरको सामानहरु समेत नस्ट भएर गएको स्थानीय व्यापारीहरु बताउँछन् ।पुस्तौ देखि यहाका स्थानीयहरुले गरिरहेको ब्यबसाय बिगत ३ बर्षदेखि रोकिएको छ।चीनियाँ सिमावर्ती बजार ताक्लाकोट जोड्ने बाटो अहिले सम्म बन्न सकेको छैन।बाटो पनि नभएको र चीनको अबरोधका कारण ताक्लाकोटबाट हुने ब्यापार सुन्यमा झरेको छ।
नेपाली ब्यबसायीहरुले ताक्लाकोटमा होटल ,नेपाली उत्पादनका पसल,काठका भाडाकुडा ,हाते सामान ,नेपाली गलैंचा र अन्य हस्तकलाका सामानको बर्सौ देखि व्यापार गर्दै आएका थिए।हालका केही बर्षहरुबाट दार्चुला सदरमुकाम खलंगा देखि छाङरु सम्मको सबै बाटोहरु जिर्ण भएको साथै चीनले पनि नाका खोल्न चासो नदिए पछि कुनै किसिमका सामान हरु नेपाल भित्रन पाएका छैनन।चीन सग सिमा जोडिएका किमाथांका ,तातोपानी ,रसुवागगढी ,तिप्तला आदि नाकाहरुमा समेत चीनियाँ अबरोध अझै कायम नै रहेको छ।
नेपाल सरकारले बारम्बार गरेको आग्रह र करोडौं लगानी गरेर ब्यबसाय गर्दै आइरहेका व्यापारीहरुको गुनासोलाइ समेत चीनले वास्ता नगरी सिमा क्षेत्रमा बर्सौ देखि गरेको अबरोधलाई निरन्तरता दिइरहेको छ।चीनको यस किसिमको अबरोधले एकातिर ब्यबसायीहरुले करोडौं घाटा ब्यहोरी रहेका छन भने अर्कोतर्फ सरकारी राजस्व घट्दा देशको अर्थतन्त्रमा नराम्रो धक्का लागिरहेको छ।































