टिपर मुनी मोटरसाइकल पस्दा दुई जना घाइते

0
89

पथरीशनिश्चरे।

विराटनगर महानगरपालिका– ४ मा टिपरको मुनी मोटरसाइकल पस्दा दुई जना घाइते भएका छन् ।

नेपाल आयल निगम अगाडि बाटो काट्ने क्रममा टिपरको मुनी मोटरसाइकल पसेर दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाइते भएका हुन् ।

बाटो काट्दै गरेको टिपरमा दक्षिणबाट उत्तरतर्फ आईरहेको को २७ प ६६९ नम्बरको मोटरसाईकल टिपरको मुनी पसेको थियो । दुर्घटनामा मोटरसाइकल चालक मोरङको विराटनगर– ५ भृकुटी चोक घर भएका २१ वर्षीय प्रतापबहादुर थापा र मोटरसाइकल सवार बुढीगंगा घर भएकी १९ वर्षीया निशा न्यौपाने घाइते भएका हुन् ।

घाईते दुवैको हाल विराटनगरको कञ्चनबारीस्थित आर्या न्यूरो अस्पतालमा उपचार भइरहेको छ । घाईते दुवैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । टिपर चालकलाई भने हाल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here