क्यान्सरका कारण ज्यान गुमाएकी रुपाको परिवारलाई अमेरिकी कबीर ज्ञानोदय सामाजिक केन्द्रबाट आर्थिक सहयोग

0
153

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे वडा नं १० की स्वर्गिय रुपा राईको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग जुटेको छ ।

पथरीशनिश्चरे वडा नं १० घर भइ हाल अमेरीकामा बस्दै आएका समाजसेवी युवा दिपेन्द्र दाहालको पहलमा अमेरिकास्थित ओहायो नामक संस्थाबाट १ लाख २ हजार ८ सय ६५ रुपैयाँ रकम प्राप्त भएको हो ।

दाँत फुकाल्ने क्रममा समस्या आइ समयमा उपचार सेवा नपाउदा मुखको क्यान्सरबाट पीडित बनेकी रुपाको गत चैत १२ गते ज्यान गएको थियो । दुखी असहाय अपाङ्गता भएका अमेरिकाभित्र तथा बाहिरका विभिन्न नागरिकहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ खोलिएको उक्त संस्थाका सचिव चन्द्र बास्तोलाले बताए ।

संस्थाका साथै अमेरीकामै रहेका सानमार कम्पनिका इम्योइहरु दिपेन राई, डम्बर, दिक्षा, सुस्मा, सोनु, कुनाल, सागर, जङ्ग, गंगा, अञ्जना, प्रेम, धिरेन, राम, उज्वल लगायतका नेपालीहरुले उक्त रकम उपलब्ध गराएका थिए । उपलब्ध रकम दाहालकी आमा चिनिमाया दाहालले परिवारलाई हस्तान्तरण गरेकी थिइन् ।

मृतक राईको बुबा आमासहित स परिवार वडा नं १० कै डाँस खोलाको किनार छेउमा बसोबास रहँदै आएको थियो । सुकुम्बासीका रुपमा रहेका र आर्थिक अवस्था समेत दयनीय रहेको रुपाको उपचारका क्रममा पनि सहयोग जुटाउँदै आएका दाहालले रुपाको मृत्युले आफु दुःखी रहेको बताए ।

३ पुस्ता सम्म सुकुम्बासीका रुपमा रहेर खोला किनारमा गिटी कुटेर जिविकोपार्जन गर्दै आएकी रुपाको आर्थिक विपन्नताकै कारण समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्दा आफुहरु अत्यन्तै दुख लागेको र मृतकका सन्तानको उचित शिक्षादिक्षाको सहजताका लागि समेत सहयोग गरेको सहयोगी संस्थाका अध्यक्ष नारायण आचार्यले बताए । मृतक राईका १ छोरा र एक छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here