वीरता लेडी जेसीजद्वारा विद्यार्थीलाई मानव अधिकार शिक्षा

१५ चैत्र २०७९, बुधबार मा प्रकाशित

बिर्तामोड ।

विद्यार्थी जीवनमा मानव अधिकारको जानकारी गराउने उद्धेश्यले वीरता लेडी जेसीजले बिर्तामोड क्षेत्रका विद्यार्थीलाई एक दिने प्रशिक्षण प्रदान गरेको छ ।

पछिल्लो समय युवा पुस्ता कुलतमा फस्दै गइरहेका बेला त्यसबाट कसरी बच्ने, मानव अधिकार उल्लघनका कस्ता घटनाा भइरहेका छन्, यौन जन्य हिंसा विरुद्ध कसरीले एक जुट हुने भन्ने विषयलाई समेटेर वीरता लेडी जेसीजले विद्यार्थीलाई बुधबार मानव अधिकार शिक्षा र विद्यार्थीहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको हो ।

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागि वक्ताहरुले वीरता लेडी जेसीजले विद्यार्थी तहमा नै सचेतना मुलक कार्यक्रम गरेको भन्दै प्रशंसा गरे । प्रमुख अतिथि प्रसाईले मानिसमा सोच महत्वपूर्ण रहेको भन्दै सकारात्मक सोचले मानिसलाई सफल बनाउने धारणा ब्यक्त गरिन् ।

कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्मा, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, जेसीजका राष्ट्रिय उपाध्यक्ष भीम कुँवर, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष शुष्मा पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उनीहरुले विद्यार्थी जीवनमा मानव अधिकार शिक्षा महत्वपूर्ण भएको धारणा ब्यक्त गरे । पछिल्लो समय मानव अधिकारहनन्का घटना बढेको प्रति सबै सचेत बन्नु पर्नेमा जोड दिए । वीरता लेडी जेसीजले हरेक ब्यक्तिका लागि अति आवश्यक मानव अधिकार शिक्षा विद्यार्थीलाई प्रदान गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रमका प्रमुख प्रशिक्षक मानव अधिकारकर्मी गणेश घिमिरेले विद्यार्थी लक्षित कार्यक्रमको सहजीकरण गरेका थिए । उनले असल शासन र संस्कारका लागि पनि मानव अधिकारमा ध्यान दिनुपर्ने भन्दै मानव अधिकार शिक्षा सबैका लागि अनिर्वाय बनेको उल्लेख गरे ।

संगीता चिमरियाले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा जेसीज आस्थावाचन आस्थावाचन चन्द्रकला रिजालले गरेकी थिइन् भने भिजन मिसन वाचन सुमित्रा भट्टराईले गरेकी थिइन् ।

महासचिव निशा शाक्यले सञ्चालन गरेको कार्यक्रममा जेसीजकी राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्य, वीर बेगा, इलाका प्रहरी कार्याालय बिर्तामोडमा डीएसपी सुरज कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रविन जोशी लगायतको उपस्थिति रहेको थियो । तालिममा विर्तामोडमा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here