बिल बिनाको हरियो चियापत्ति बोक्दा…

0
134

झापा ।

झापाको मेचीनगर नगरपालिका वडा नं. १५ ज्यामिरगढीबाट बिल बिनाको हरियो चियापत्ति र गाडीसहित दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी ज्यामिरगढिको प्रहरी टोलीले उतरबाट दक्षिणतर्फ आउँदै गरेका गाडीसहित चालकलाई पक्राउ गरेको हो ।

इलाम माइजोगमाई गाउँपालिका वडा नं. १का १९ बर्षीय देवेन्द्र जोगीले चलाएको मे.१ ज.२४८२ न.को पिकअप र इलाम नगरपालिका वडा नं.४ का २४ बर्षीय सर्जन घलेले चलाएका प्र.१–०१–००१च.७९४१ न.को पिकअप गाडीलाई शंका लागेपछि प्रहरीले नियन्त्रण लिएर चेकजाँच गरेको थियो ।

चेकजाँच गर्ने क्रममा बिल बिनाको हरियो चियापत्ति २७४२ केजी फेला परेकोले उक्त चियापत्ति र गाडीसहित चालकहरुलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि बुधवार आन्तरिक राजश्व कार्यालय इटहरी पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here