झापा।
बाह्रदशी गाउँपालिका युवा तथा खेलकुद समितिमा टंकबहादुर कार्की चयन भएका छन् ।
गाउँपालिका सामाजिक बिकास समिति संयोजक पञ्चानन राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमकाबीच कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा डीकबहादुर श्रेष्ठ, उपाध्यक्ष श्यामकुमार राजवंशी, सचिव युवराज राजवंशी, सह–सचिमा तीर्थराज कोइराला, जाहिद आलम, कोषाध्यक्षमा डीककुमार कटुवाल चयन भएका हुन् ।
गत कात्तिक महिनामा वडाको भेलाबाट वडा युवा तथा खेलकुद समिति गठन गरी सोही समितिबाट प्रत्येक वडाका ३/३ जना प्रतिनिधिहरु गाउँपालिका युवा तथा खेलकुद समिति का लागि सिफारिस भएर आएका २१ जना भित्रबाट नै समिति निर्माण गरिएको हो ।
समितिमा ७ जना पदाधिकारी र १४ जना सदस्यसहित गरी जम्मा २१ जनाको समिति निर्माण गरिएको हो । अध्यक्ष कार्की बाह्रदशी जेसीज बर्ष २०२३का कोषाध्यक्ष, नेपाली कांग्रेस बाह्रदशीका सचिव हुन् ।