मिटरब्याजी पीडितको समस्या समाधन गर्न ध्यानाकर्षण

१६ चैत्र २०७९, बिहीबार मा प्रकाशित

काठमाडौँ, 

सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने कार्य स्वागत योग्य रहेको भन्दै पीडितहरुसँग तत्काल वार्ता गरी समाधान खोज्न आग्रह गर्नुभयो ।

सरकारले मिटरब्याजलाई अपराध मान्दै कानुनी दायरामा ल्याउन मुलुकी अपराधसंहिता, २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ ।

यस्तै सांसद तारामान स्वाँरले गत कत्तिक २२ देखि सुदूरपश्चिममा निरन्तर भूकम्प गइरहेको, कैयौँको ज्यान जानुका साथै घर चर्किएर, भत्किएर बस्न नसक्ने अवस्थामा रहेको भन्दै त्रसित अवस्थामा रहेका नागरिकको सुरक्षा र राहत उपलब्ध गराउन सरकारसमक्ष माग गर्नुभयो । उहाँले भूकम्पको उच्च जोखिममा रहेको क्षेत्रको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाउन पनि आग्रह गर्नुभयो ।

सांसद तुलसाकुमारी दाहालले भूकम्पबाट क्षति पुगेको नेपाल राष्ट्रिय पुस्तकालयको संरचना हाल पुरानो ठिमीमा व्यवस्थापन गरिएको र त्यहाँ रहेका बहुमूल्य पुस्तक धमिरा लागेको र कुहिएको पुस्तकको संरक्षण गर्न माग गर्नुभयो ।

उहाँले पुस्तकालयका एक लाख ५० हजार बढी सामग्रीको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here