कामदा एकादशी: परिचय, कथा र व्रत विधान

१८ चैत्र २०७९, शनिबार मा प्रकाशित

ज्यो. सूर्य कुइँकेल,

सामान्य परिचय र महत्व

यस वर्ष चैत १८ गते शनिबार (आज) कामदा एकादशी परेको छ । चैत शुक्लपक्ष एकादशी तिथीलाई कामदा एकादशीका नामले चिनिन्छ । यो एकादशीको विधिपूर्वक व्रत राख्नाले सम्पूर्ण कामनाहरु पूरा हुने भएकाले यसको नाम कामना पूर्ण गर्नेवाला अर्थात् कामदा रहने गएको हो । हरेक महिनाका शुक्लपक्ष र कृष्णपक्षका ११औं तिथिलाई दुई एकादशी भन्दछन् । पूर्णिमापछि आउने एकादशी तिथिलाई कृष्णपक्षको एकादशी भनिन्छ भने औंशी वा अमावश्यापछि आउने तिथिलाई शुक्लपक्षको एकादशी तिथी भनिन्छ । हिन्दू सनातन सम्प्रदायमा यी दुवै प्रकारका एकादशी तिथिहरुको धेरै महत्व रहेको छ । एकादशीको व्रतलाई महाव्रत पनि भनिन्छ । अन्य व्रतहरुको तुलनामा एकादशी व्रतको महत्व अधिक रहेको बताइन्छ ।

‘अश्वमेधसहस्त्राणि राजसूयशतानि च ।
एकादश्यपुवासस्य कलां नार्हन्तिषोडशीम ।।’

अर्थात्ः एकादशी व्रतको महत्व यति छ कि, हजार हजार अश्रवमेध यज्ञ र सयौँ राजसूय यज्ञको महत्व एकादशी व्रतको महत्वको सोह्र भागको एक भाग जति पनि हुँदैन । अधिक वर्ष र शुद्ध वर्षमा एकादशीको संख्या फरक–फरक हुन आउँछ । चन्द्रमासका हिसाबले हरेक महिनाका कृष्णपक्ष र शुक्लपक्षमा एक–एक गरी एक महिनामा दुईवटा र वर्षभरीमा २४ वटा एकादशी हुन्छन् । तर, मलमास वा अधिक मासमा अरु दुईवटा एकादशी थपिएर जम्मा २६ वटा एकादशी हुन्छन् । यदि एकादशी तिथि दुई दिन परेको भए शैवमार्गीहरुले पहिलो दिन र वैष्णवहरुले दोस्रो दिन एकादशी व्रत राख्छन् ।

सबै एकादशीहरु उत्पत्तिका कथा, महत्व र व्रत विधिहरु बताइएको छ । एकादशी व्रत भगवान विष्णुको पूजा र उपासनाका लागि समर्पित गरिन्छ । व्रतमा भगवान विष्णुको पूजा र कथा श्रवण गरिन्छ । सबै प्रकारको सुख प्राप्तिका लागि एकादशी पर्वलाई मानिन्छ । एकादशी व्रतका प्रभावले व्यक्तिका सबै पाप र दुर्गुणहरु नाश भएर जान्छन् र यसको विधिपूर्वक राखिएको व्रतका कारण विष्णुको कृपा प्राप्त हुन्छ । एकादशी व्रतको महत्वका बारेमा पद्म पुराणमा उल्लेख गरिएको छ ।

‘स्वर्गमोक्षप्रदा हृोषा शरीरारोग्यदायिनी ।
कलत्रसुतदा हृोषा धनमित्रप्रदायिनी ।।
न गंगा न गया राजन न च काशी च पुष्करम् ।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात् ।।’

एकादशी स्वर्ग मोक्ष, आरोग्य, सुभार्या एवम् सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो । हे राजन ! गंगा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्य क्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना एकादशीका साथमा हुन सक्दैन । यस श्लोकमा उल्लेख गंगा नदी र अन्य तीर्थ क्षेत्रहरु हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ । यी नदी र तीर्थको नाम लिना साथ तीर्थस्नानको फल प्राप्त हुने विश्वास गरिन्छ । तर, यस्ता पवित्र तीर्थस्थलहरु मध्ये एकादशीसँग एउटा स्थानको पनि तुलना नहुने बताइएको छ । अर्थात् एकादशीको महत्व ती सबैभन्दा उच्च छ ।

कामदा एकादशीको व्रत वा पूजा विधि

पूजा सामग्री : भगवान विष्णुको मूर्ति वा प्रतिमा, पूष्प, नरिवल, सुपारी, फल, ल्वांग, धूप, दीप, घ्यू, पञ्चामृत, अक्षता, तुलसीदल, चन्दन, फल, मिठाई आदि ।

यस दिन प्रातः उठेर स्नानदीद्धारा निवृत्त भइ शुद्ध वस्त्र धारण गरेर मन्दिरमा दीप प्रज्ज्वलन गर्ने । मन्दिरमा देवीदेवतालाई स्नान गराउने र स्वच्छ वस्त्र पहिराउने । व्रत गर्न सकिन्छ भने व्रतको संकल्प लिने । भगवान विष्णु र महालक्ष्मी माताको पनि ध्यान गर्ने । भगवान विष्णुलाई सात्विक भोजनको भोग लगाउने । भोगमा तुलसीलाई सामेल गराउन नविर्सिने । आवश्यक परे गुरु पुरोहितहरुको सल्लाहमा व्रतविधि गर्ने ।

कथा

धर्मराज युधिष्ठिर भन्नुहुन्छ– ‘हे भगवान ! म हजुरलाई कोटी कोटी प्रणाम गर्दछु । कृपा गरेर मलाई चैत्र शुक्ल एकादशीको महात्म्य बताउनुहोस ।’ श्रीकृष्ण भन्नुहुन्छ– ‘हे धर्मराजा ! यही प्रश्न एक समय राजा दिलीपले गुरु वशिष्ठसँग गर्नुभएको थियो, उहाँले जो महात्म्य बताउनुभएको थियो, तिमीलाई म त्यही महात्म्य बताउँदैछु, ध्यानपूर्वक सुन ।’
‘प्राचीनकालमा भोगीपुर नामको एक नगर थियो । उहाँ पुण्डरीक नामका राजा राज्य गर्दथे । उनी ऐश्वर्यले युक्त थिए । भोगीपुर नगरमा अनेक अप्सरा, किन्नर तथा गन्धर्वहरु पनि बस्ने गर्दथे । उनीहरुबिच अत्यन्त स्नेह थियो । कुनै उनीहरु आपसमा अलग हुनुप¥यो भने पनि अत्यन्त दुःखी हुन्थे ।

एकदिन राजा पुण्डरीकको सभामा अन्य गन्धर्वहरुसहित ललित पनि गीत गाइरहेको थियो । गाउँदागाउँदै उसलाई आप्mनी प्रिय ललिताको याद आयो र स्वर भंग हुन गई गीतको मीठास बिग्रीयो । यसरी गीत बिग्रिएको कुरा कर्कोटक नागले राजालाई भन्यो र राजा अत्यन्त क्रोधित हुँदै ललितलाई श्राप दिन लागे– ‘मेरो सभामा गाउँदागाउँदै आप्mनी स्त्रीलाई स्मरण गरेर सभाको शोभा बिगार्ने तँ काँचो मासु र मनुष्यलाई खानेवाला राक्षस बनेर आप्mनो कर्मको फल भोग ।’

राजाको श्रापका कारण ललित त्यसै क्षण विशाल राक्षसमा परिणत भयो । उसको मुख अत्यन्त भयंकर, आँखा पनि सूर्य चन्द्रमा जस्तो प्रदीप्त र मुख पनि आगोको लप्का निस्किने डर लाग्दो बन्यो । नाक पर्वतको कन्दरा जस्तो, गर्दन पर्वतसमान, हात पाखुरा अत्यन्तै लामा, शीरको कपाल पर्वतका रुखसमान र सम्पूर्ण शरीर आठ योजनको रुपमा विस्तार भयो । यस रुपमा ललित अनेक प्रकारका दुःख भोग्न थाल्यो । यो सब देखेर उसकी स्त्री अत्यन्त दुःखी भइ । आप्mनो पतिको उद्धारको उपाय सोच्न लागि । पतिको पछि–पछि जाँदै विलाप गर्न लागिन् । एकदिन आप्mनो पतिको पछि–पछि लाग्दै जाँदा विन्ध्याचल पर्वतमा पुगी त्यहाँ श्रृंगी ऋषिको आश्रम थियो । ललिता शीघ्र आश्रममा पुगेर विनीत भावले प्रार्थना गर्न लागिन् ।

यो देखेर ऋषिले सोधे– ‘हे बालिके ! तिमी को हौ ? र यहाँ के कति कामले आयौँ ?’ ललिता भन्न लागिन्– ‘हे मुनी ! मेरो नाम ललिता हो । राजा पुण्रीकको श्रापका कारण मेरा पति विशालकाय राक्षस बन्नुभएको छ । म यो कुराले अत्यन्त दुःखी छु । कृपा गरी यसको उद्धारको उपाय बताइदिनुहोस् ।’ ऋषिले भन्न लागे– ‘हे गन्धर्व कन्या ! चैत्रशुक्ल एकादशी आउनै लागेको छ, जसको नाम कामदा एकादशी हो । यो व्रत गर्नाले मनुष्यका सम्पूर्ण कार्यहरु सिद्ध हुन्छन् । यदि तिमीले यो व्रत गरेर यसको पुण्यको फल आप्mना पतिलाई दियौ भने ऊनी छिट्टै राक्षस योनीबाट मुक्त हुनेछन् र राजाको श्राप अवश्य शान्त हुनेछ ।’

मुनिको सल्लाह अनुसार ललिताले चैत्रशुक्ल एकादशी आउञ्जेल प्रतिक्षा गरी र कामदा एकादशी आएपछि एकादशीको नियमपूर्वक व्रत गरी र द्वादशीका दिन ब्राम्हणको सामने आप्mनो व्रतको फल आप्mनो पतिलाई दिइ र भगवानको प्रार्थाना गर्न लागिन्– ‘हे प्रभु ! मैले यो जुन व्रत राखेँ, यसको फल मेरो पतिलाई मिलोस् र उहाँलाई छिटै नै राक्षस योनीबाट मुक्ति मिलोस् ।’ व्रतका प्रभावले ललितलाई आप्mनो पुरानै स्वरुप प्राप्त भयो र सुन्दर वस्त्राभूषणले युक्त भएर ललिताको साथमा विहार गर्न लाग्यो र पछि दुवैजना विमानमा बसेर स्वर्गलोक गए ।
वशिष्ठ ऋषिले भन्नुभयो– ‘हे राजन ! यस व्रतको विधिपूर्वक पालना गर्नाले समस्त पाप नाश भएर जान्छ तथा राक्षस आदिको योनीबाट समेत छुटकारा मिल्दछ । यस संसारमा यो जति उत्तम व्रत कुनै छैन । यसको कथा पढ्नाले वा सुन्नाले मात्र पनि वाजपेय यज्ञको फल प्राप्त हुन्छ ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here