‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’ हुने

१८ चैत्र २०७९, शनिबार मा प्रकाशित

अर्जुनधारा ।

विगत ७ वर्षदेखि विभिन्न सांगीतिक गतिविधि सञ्चालन गर्दै आएको अर्जुनधारा–३ खुदुनावारीस्थित सारेगम कला केन्द्रले ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’ आयोजना गर्ने भएको छ ।

आवश्यक अवसरको खोजीमा नगरभित्र रहेका बालबालिका तथा युवाहरुलाई लक्षित गरी उनीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको केन्द्रका अध्यक्ष सन्तोष आलेले शनिबार आयोजित पत्रकार भेटघाटमा बताए ।

कार्यक्रमले नेपाली लोक कला, साहित्य संगीत तथा संस्कृतिको संरक्षण सँगै संगीतको माध्यमबाट युवाहरुलाई कुलतमा लाग्न बाट जोगाउने बताइएको छ । सहभागीहरुलाई भर्ना शुल्क बापत तीन सय रुपैयाँ शुल्क तोकिएका कार्यक्रम अन्र्तगत पहिलो चरणमा यही चैत २९ गतेदेखि वैशाख ३ गते सम्म चार वटा वडामा अडिसन हुनेछ ।

सबैको लागि खुला गरिएको कार्यक्रमको अडिसनबाट दोस्रो चरणका लागि ११० जना, तेस्रो चरणका लागि ५० जना र चौथो चरणका लागि २५ जना छनौट हुने छन् । वैशाख ३० गते अर्जुनधारा–७ स्थित लंका रिसोर्टमा हुने फाइनलको लागि २५ जनामध्ये चार जना छनौट हुने छन् ।

छनौट भएका टप २५ जनाको प्रस्तुती युट्युबमार्फत् सार्वजनिक गर्दै उनीहरुले प्राप्त गर्ने भ्यूजको आधारमा पनि अंक दिइने बताइएको छ । दुवै विधाका विजेता र उपविजेता हुने सहभागीले क्रमश जनही ३० हजार र २० हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन् ।

चौथो चरणसम्मका निर्णायकहरु गायनतर्फ दिपक रायमाझी, कमला नेम्वाङ र सरोज दाहाल तथा नृत्यतर्फ राज सुब्बा, रोहित लाम्गादे र अञ्जली माझी रहने छन् । फाइनलको लागि राष्ट्रियस्तरका निर्णायकहरु रहने छन् ।

अर्जुनधारा सचेत युवा समूह र डी वल्र्ड डान्स कम्पनी एण्ड साउण्ड सहआयोजक, अर्जुनधारा नगरपालिका विशेष सहयोगी रहेको उक्त कार्यक्रमको अनुमानित लागत सात लाख २५ हजार रुपैयाँ रहेको प्रस्तुत प्रस्ततावमा उल्लेख गरिएको छ ।

यसैबिच कार्यक्रमलाई सफल बनाउन अर्जुनधारा–८ वडा कार्यालयले कार्यक्रम अवधिभरका लागि आयोजकलाई सचिवालय सञ्चालन गर्न वडा कार्यालयमा एउटा कोठाको व्यवस्था र एक दिनको अडिसन कार्यक्रमको सम्पूर्ण खर्च सहयोग गर्ने भएको छ ।

भेटघाटका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले गायन तथा नृत्यको माध्यमबाट आयोजकले गर्न लागेको उदाहरणीय एवम् सकारात्मक कार्यको प्रबद्र्धन गर्न आफूले उक्त सहयोग गरेको वडाध्यक्ष उप्रेतीले बताए ।

अध्यक्ष आलेको अध्यक्षतामा आयोजित कार्यक्रममा शनिश्चरे माध्यमिक विद्यालयका पूर्व शिक्षक कृष्ण पौडेल, कलाकारहरु हस्त परियार, रेवत मगरलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन अर्जुनधारा सचेत युवा समूहका उपाध्यक्ष शीतल कार्कीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here