झापाका शैक्षिक परामर्शदातालाई क्यानडाको प्रशिक्षण

0
203

बिर्तामोड ।

शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउँदै झापाबाटै विश्वका विभिन्न देशका विश्व विद्यालयहरुको जानकारी दिने उद्धेश्यले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले विभिन्न प्रशिक्षण मुलक कार्यक्रमहरु गर्दै आएको छ ।

शैक्षिक परामर्श (कन्सल्टेन्सी)हरुलााई भरपर्दो र विश्वसिलो बनाउन इक्यान झापाले विभिन्न समयमा अभिमुखिकरण कार्यक्रहरु गर्दै आएको हो । झापा सञ्चालित शैक्षिक परामर्श दाताहरुलाई क्यानडाका विश्व विद्यालयहरुका बारेमा जानकाारी गराइएको इक्यान झापाका सचिव राजकुमार कार्कीले बताए ।

युर्निभसिटी क्यानडा वेस्टका विज्नेस डेभ्लपमेन्ट म्यानेजर नेत्र कोइरालाले उच्च शिक्षा अध्ययनका लागि क्यानडामा रहेका विद्यालयको शैक्षिक अवस्था, त्यहाँको कानुन तथा शैक्षिक गतिविधिका बारेमा झापाका शैक्षिक परामर्श तथाहरुलाई जानकारी गराएका हुन् ।

इक्यान झापाले आयोजना गरेको एक दिने जानकारी मुलक कार्यक्रममा क्यानडााको शैक्षिक अवस्था, भिजा प्रक्रिया लगायतका विषयमा जानकारी गराएको इक्यान झापाका अध्यक्ष मिलन ओलीले जानकारी दिए ।

झापामा सञ्चालित कन्सल्टेन्सीहरुलाई एकिकृत गर्दै शैक्षिक परामर्श क्षेत्रलाई विश्वासिलो र परपर्दो बनाउन विभिन्न विज्ञहरु बोलाएर अन्तरक्रिया तथा प्रशिक्षणका कार्यक्रमहरु इक्यान झापाले सञ्चालन गरिरहेको इक्यान झापाका निवर्तमान अध्यक्ष सुमन शर्मा जमरकट्टेलले बताए ।

कार्यक्रममा इक्यानमा आवद्ध शैक्षिक परामर्श दाताहरुको सहभागिता रहेको थियो । इक्यानमा आवद्ध कन्सल्टेन्सीहरुले नियमित रुपमा शैक्षिक कार्यक्रमसंगै विभिन्न सामाजिक कामहरुलाई पनि निरन्तरता दिदैं आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here