खानेपानीको वैकल्पिक व्यवस्था

0
81

तनहुँ, 

जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित पीपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी ट्याङ्कीमा महिलाको शव भेटिएपछि वैकल्पिक खानेपानीको व्यवस्था गरिएको छ ।

सोही वडाको ढाडखोला मुहानबाट ल्याइएको पानी ट्याङ्कीमा सङ्कलन गरी वितरण हुँदै आएकामा अहिले सिधै पाइपबाट बस्तीमा पानी वितरण गरिएको हो ।

नौ वटा धाराबाट एक सय ३८ घरधुरीमा वैकल्पिक किसिमले पानी वितरणको व्यवस्था मिलाइएको पीपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सन्देश अधिकारीले जानकारी दिनुभयो । गण्डकी प्रदेशका खानेपानी मन्त्रालयबाट रू तीन लाख ७० हजार बराबरको खानेपानी पाइप तत्काल उपलब्ध भएपछि पानी वितरणमा सहज भएको उहाँले बताउनुभयो ।

दुई लाख २५ हजार घनमिटर क्षमताको खानेपानी ट्याङ्कीमा महिलाको शव भेटिएपछि केही दिन पानीको समस्या भएको थियो । पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठको शव यही चैत १२ गते बिहान खानेपानीको ट्याङ्कीमा मृत अवस्थामा भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here