बिर्तामोडमा डा.प्रियंकाज क्लिनिकः स्त्री, प्रसुती तथा क्यान्सर रोगको उपचार र परामर्श

0
134

बिर्तामोड । झापाको बिर्तामोडमा डा.प्रियंकाज क्लिनिक सञ्चालनमा आएको छ । वरिष्ठ स्त्री, प्रसुती तथा क्यान्सर रोग विशेशज्ञ डा. प्रियंका कटवालले बिर्तामोडस्थित बिर्ता सीटी हस्पिटल नजिकै (राजमार्ग उत्तर) क्लिनिक सञ्चालनमा ल्याएकी हुन् । मंगलबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले एक कार्यक्रमका बीच डा.प्रियंकाज क्लिनिकको उद्घाटन गरिन् । डा. प्रियंका बिर्ता सीटी अस्पतालमा कार्यरत छिन् । अस्पताल बाहेकको समय दैनिक बिहानदेखि २ बजेसम्म र बेलुकी ५ बजेपछि क्लिनिकबाट सेवा लिन सकिने बताइएको छ । उनी यसअघि बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल लगायत नाम चलेका अस्पतालहरुमा कार्यरत थिइन् ।


पूर्वी नेपालका महिलाहरूको लागि उच्च गुणस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले अत्याधुनिक सुविधासहितको क्लिनिक सञ्चालनमा ल्याएको वरिष्ठ स्त्री, प्रसुती तथा क्यान्सर रोग विशेशज्ञ डा. कटवालले बताइन् । क्लिनिकमा महिला प्रजनन् स्वास्थ्य समस्याहरूको निदान तथा स्त्री क्यान्सर रोग सम्बन्धी परामर्श, रोकथामका उपाय, निदान र उपचार प्रदान गरिने उनले बताइन् । क्लिनिकका प्रत्येक बिरामीहरू उचित उपचारका साथै हेरचाह र परामर्श प्रदान गरिने बताइएको छ । तस्वीरः शरद जोशी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here