अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको अवलोकन भ्रमण

0
98

छविराज ढकाल/ पथरीशनिश्चरे,

करुणा फाउण्डेसन नेपालको दातृ निकाय नेदरल्याण्डबाट आएको डान, जोर्जियन सहितकाे समूहले पथरीशनिश्चरे नगरपालिकाको अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको अवलोकन भ्रमण गरेको छ ।

बुधबार पथरीशनिश्चरे नगरपालिकाको कार्यालयमा डान, जोर्जियनका साथमा रमेश पौडेल, डा. भगवान कोइराला, करुणा फाण्डेसनका र्निेदेशक दिपकराज सापकोटा, सह–निर्देशक योगेन्द्र गिरी लगायत करुणा फाउडेसनका प्रतिनिधिहरुलाई नगरका जनप्रतिनिधिहरूले स्वागत गर्नुभएको थियो ।

उक्त अवसरमा नगरका तर्फबाट नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य संयोजक मुरारी आचार्य, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, नगर प्रवक्ता नविन कार्की लगायतले स्वागत गर्नुभएको थियो । नेदरल्याण्डबाट आएको दातृ निकायका पदाधिकारीहरुले नगरमा भएका अपाङ्गताहरुको बारेमा जानकारी लिनुभएको थियो ।

नगरका महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको नगर स्तरीय समितिको अध्यक्ष राजेन्द्र दाहाल, सिविआर कार्यक्रम सहजकर्ताहरु मनिता थापा, वर्षा मण्डल र सम्झना वर्देवाले सहभागिता जनाएका थिए । सहजकर्ता मनिता थापाले कार्यक्रममा भएको चुनौती र सफलताका कुराहरु प्रष्टसँग राख्नुभएको थियो ।

यस्तैगरी, अपाङ्गता भएकाहरुका लागि सामग्री वितरण पनि गरिएको थियो । वडा नं. २ का युवराज गौतम, वडा नं. ९ का डुकबहादुर राई र ३ का जितबहादुर श्रेष्ठलाई ह्वील चियर वितरण गरिएको थियो । यस्तै वडा नं. २ का चन्द्रकुमार राई र मिना लिम्बुलाई एल स्टिक सहायक सामग्री पनि वितरण गरियो ।

यसैगरी सोही समूहले अपाङ्गता भएका व्यक्तिको नगर स्तरीय समितिका प्रतिनिधि १० वटै वडाका मिलीजुली समूहका प्रतिनिधिहरुसँग सिविआर कार्यक्रमको विषयमा छलफल सम्पन्न गरेको थियो । सो पश्चात् जन्मदोष पहिचान भई उपचार पाएर सुधार भइरहेको बच्चाहरुको प्रत्यक्ष रुपमा भेटघाट कार्यक्रम पनि सम्पन्न गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here