किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0
80

किमाथाङ्का,

सङ्खुवासभाको उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको छ ।

कोरोना महामारीका कारण तीन वर्षदेखि बन्द रहेको किमाथाङ्का नाका खुलाउन आज प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाइएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छोदार भोटले जानकारी दिनुभयो ।

लामो समयदेखि किमाथाङ्का नाका बन्द रहँदा उत्तरी क्षेत्र भाटखोलावासीले कष्टकर जीवन बिताउँदै आउनुपरेको गाउँपालिका अध्यक्ष भोटले जानकारी दिनुभयो ।

भोटखोलावासीलाई सदरमुकाम खाँदबारी आइपुग्न चार÷पाँच दिन पैदलयात्रा गर्नुपर्छ । प्रधानमन्त्री दाहाललाई भेटी जतिसक्दा चाँडो किमाथाङ्का नाका खोल्न पहल गरिदिन आग्रह गरेको उहाँले बताउनुभयो ।

लामो समयदेखि सीमा नाका बन्द हुँदा दैनिकीमा असर परेको र भोकमरी फैलन सक्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको अध्यक्ष भोटेले बताउनुभयो । नाका खुलाउन प्रधानमन्त्री दाहालले आश्वासन दिनुभएको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here