वाग्लेको अपरिपक्व राजनीति

0
155

यो साता नेपाली कांग्रेस पार्टीभित्रको राजनीतिमा युवा अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस पार्टी परित्याग गरेको घटनाले खुब चर्चा पायो । नेपाली कांग्रेस पार्टीबाट उपचुनावमा टिकट लिएर सांसद बन्ने सोचाइमा रहेका वाग्लेको त्यो इच्छा पूरा नहुने भएपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर तनहुँबाट चुनाव लड्ने भएका छन् । हुन त वाग्लेले २०५९ मंसीर ४ मा भएको उपचुनावमा नै कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा टिकटको आशा गरेका थिए । माओवादी, नेकपा एस लगायतका दलसँगको गठबन्धनका कारण एक सय ६५ प्रत्यक्ष तर्फको सिटमध्ये कांग्रेसले ९० स्थानमा मात्र उम्मेदवार उठाउन पाउने भएपछि सिट संख्या घटेकोले वाग्लेको सपना पूरा हुन पाएन ।

हुन त वाग्लेलाई कांग्रेसले टिकट दिएर अन्य पार्टीमा जानबाट रोक्नु पर्दथ्यो भन्ने मत पनि कांग्रेस वृत्तभित्र रहेको छ । टिकट नपाउँदैमा अर्को पार्टीमा जानेलाई नदिएकै ठीक, आफ्नो स्वार्थ अनुकूल नहुना साथ पार्टीलाई धोखा दिनसक्नेले जिम्मेवारी पाएको अवस्थामा झन् ‘बार्गेनिङ्ग’ गर्ने थिए । भन्ने मत झन् बलियो रहेको छ । पार्टीले वाग्लेलाई जिम्मेवारीबाट वञ्चित गरेको पनि हैन । उनलाई राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, घोषण पत्र लेखन समितिको सदस्य र आर्थिक फाँटमा जिम्मेवारी दिएकै हो । राज्य मन्त्री सरहको सेवासुविधासहित राष्ट्रपतिको आथिक विज्ञका रुपमा पनि नियुक्ति दिने तयारी थियो । वाग्लेले नै मन्त्री सरहको पोर्टफोलियो हाइ¥यांकी भएमात्र सल्लाहाकार हुन्छु, नत्र हुँदिन भनेर निहुँ खोजेका हुन् ।

पार्टी, देश र जनताका लागि सर्वश्वहरण भएका, जेल, नेल, यातना र निर्वासन भोगेका लाखौं, लाख नेता कार्यकर्ता भएको । लामो राजनीतिक इतिहास भएको पार्टी, हजारौं शहीदहरुको बलिदानीले निर्माण भएको पार्टीमा अवसरको खोजीमा आउने र जाने ‘मुसाफिर’हरु आइरहन्छन्, गइरहन्छन् । हिजो तुलसी गिरी, पर्शुनारायण चौधरी, विश्वबन्धु थापाहरुले वीपीलाई धोखा दिएकै हुन् । पछिल्लो समयमा बिजय, गच्छदार, जेपी गुप्ता, सरदसिंह भण्डारीहरुले पनि गिरीजाबाबुलाई धोखा दिएकै हुन् । ती मध्ये कति कांग्रेसमा पुनः फर्किए भने केही हराए बिलाए । तसर्थ, राजनीति एउटा निश्चित लक्ष्य लिएर देश र जनताका लागि निःस्वार्थ भावले गरिने सेवा हो । मैले भने जस्तो भएन, मैले पाइन, मलाई थोर भो, भन्ने हो भने यहाँ फगत कसले टिकट पायो ? वा पाएन, को मन्त्री बन्यो ? वा बनेन भन्ने कुराले खास अर्थ राख्दैन अहिलेको देशको महासंकटको बेला । मलाई यो भएन र त्यो भएन, भनेर घुर्की लगाउनेहरुले सोचून् कि– ती गरीब–निमुखा, भोकनाङ्गा जनताले के पाए ? दुःखी गरीब जनताको चुल्हो कसरी बल्दैछ कि बलेको छैन ? धनी झन् धनी र गरीब भन्–झन् गरीब हुने यो देशमा वाग्लेजीहरु ज्स्ता अर्थविद्ले सोचुन् कि– गरीब जनता जो छन्, उनीहरुलाई के प्राप्ति भयो र लाखौं–लाख भोट कांग्रेसलाई रुख चिन्हमा हालिरहेका छन् ।

वि.सं.२०४६ सालको परिवर्तनपश्चात नेपालका पार्टीहरुलाई नातावाद, सिण्डिकेट र बिचौलिया दलालहरु मार्फत चलाउने र निष्ठावान नेता कार्यकर्ताको तेजोबध गर्ने, गराउने खेल हुँदै आएको बारम्बार चर्चाहरु नसुनिएको होइन । ? हो पार्टीमा मूल्याङ्कन, न्याय र सन्तुलनको अभाव निश्चय पनि छ । जनतामा आधारित र स्थापित पार्टी भनेको समुन्द्र जस्तै हो । त्याहाँ अनेक चिजवस्तु बगेर आउँछन् । मोती पनि त्यहीँ, सिनो, फोहोर पनि त्यहीँ हुन्छ । चिन्न र छुट्याउन जान्नेले मोती टिप्छ, नजान्ने, नसक्नेले त्यहाँ फोहोर मात्र देख्छ । आजको दुनियाँ व्यक्तिगत स्वतन्त्रतासहितको बहुदलीय प्रतिष्पर्धात्मक राजनीतिक प्रणालीबाट अघि बढिरहेको छ । दुनियाँका अरु विकसित राष्ट्रहरुले लोकतान्त्रिक शासन प्रणलीबाटै देशको विकास गरेका छन् । दोष पार्टी र पार्टी प्रणालीलाई होइन, यो प्रणाली चलाउन खोज्ने बेढङ्गेहरुका प्रति हुनुपर्छ ।

तर, वाग्लेले त्यहीँ बसेर संघर्ष गर्ने साहस र हिम्मत राख्नु पर्दथ्यो । नेपालको सन्दर्भमा दुनियाँले पत्याएको भरपर्दो अन्तर्राष्ट्रिय समुदायले पत्याएको जनतामा आधारित लोकतान्त्रिक पार्टी नै छैन, नेपाली कांग्रेस बाहेक– जसको लामो र गौरवमय इतिहास होस । इतिहासका अनेक कालखण्डमा नेपाली कांग्रेसले गरेको क्रान्ति, देशका सबै परिवर्तनहरुमा गरेको नेतृत्वदायी भूमिका, क्रान्ति र शान्तिमा अहम् भूमिका निभाउने अहिंसावादी पार्टीको आत्म गौरव त वाग्लेले रविको पार्टीमा गर्न पाउने छैनन् नै । पछि फेरि वाग्ले नेपाली कांग्रेसमा पुनः समाहित हुने नै छन् । अहिलेलाई पार्टी नै छोडेर, त्यसमाथि रवि लामिछानेलाई वीपीसँग तुलना गर्दै पार्टी छोडने जुन काम गरे त्यो अपरिपक्व राजनीतिको उपज हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here