चिनियाँ एप टिकटकमा अश्लिल भिडियो अपलोड भएपछि बढ्यो विवाद , जसपा नेता र प्रहरी बीच कुटाकुट

0
94

राजविराज ।

समाजको वातावरण खलल पार्न र जनसमुदायमा विकृति फैलाउने खालका क्रियाकलाप कुनै पनि नागरिकले गर्न पाउँदैनन् । भड्किलो, उत्तेजना फैलाउने र अवाञ्छित गतिविधि गर्न कानुनले नै बन्देज लगाएको छ । तर, कानुनको धजिया उडाएर समुदायको ख्याल नै नगरीकन टिकटक बनाउने क्रम बढेको छ । समाजले पचाउन नसक्ने खालका टिकटक अहिले छ्याप्छ्याप्ती बजारमा आएका छन् ।

अश्लील भिडियो तथा शब्दहरुको प्रयोग गरेर टिकटक बनाउने, आफ्नो शारीरिक प्रदर्शन गर्नेजस्ता हर्कत टिकटकमा बढेको छ ।विश्व प्रख्यात चिनियाँ एप टिकटकले नेपालमा बेथितिको बाढी ल्याएको छ । यस्तै चिनियाँ एप टिकटकले सप्तरीको महदेवा गाउँपालिका–१ मा यस्तै घटना भएको छ । जिल्ला प्रहरी कार्यालय , सप्तरीमा पिडितले दिएको जाहेरी अनुसार महदेवा गाउँपालिका–१ निवासी मंजित कुमार यादवले गाउँकै एक किसोरीको अश्लिल भिडियो बनाएर चिनियाँ एप टिकटकमा अपलोड गरेपछि सप्तरी प्रहरीले उनलाई पक्राउ गरेको छ ।

टिकटकमा अश्लिल भिडियो अपलोड भएपछि भिडियो भाईरल बनेको थियो । हनुमान यादव नामबाट बनाईएको टिकटकमा चैत्त १८ गते भिडियो अपलोड भएको पिडिले बताए । चैत्त २० गते जिल्ला प्रहरी कर्यालय सप्तरीमा जाहिरी परेपछि भिडियो डिलिट भएको थियो ।

आरोपीको सिफारिस गर्न जादा कुटपिट

टिकटक अपलोडकर्ताको सिफारिस लिएर जिल्ला प्रहरी कार्यालय जादा प्रहरी र सिफारिस्कर्ता बीच कुटाकुट भएको छ ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवले आरोपीको वारेमा बुझन जादा प्रहरी निरिक्षक नविन थापा मगर र यादव बीच कुटाकुट भएको प्रत्यक्षदर्शीहरुले बताएको छ ।
यद्यपी जसपा अध्यक्ष यादवले टिकटक अपलोड गर्ने आरोपीको बारेमा छलफल गर्न जादा प्रहरी निरीक्षक थापाले आफुलाई कुटपिट आरोप लगाएका छन ।

प्रहरी निरीक्षकले अध्यक्ष यादवको टाउकोमा चोट लाग्ने गरी हातपात गरेको भन्दै जसपाका नेता कार्यकर्ताहरूले मंगलवार दिनभर राजविराजमा प्रदर्शन गरेका थिए ।

जसपाका कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका थिए । घटनाबारे प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले छलफलको क्रममा चर्काचर्की भई प्रहरी निरीक्षकले जसपा जिल्ला अध्यक्ष केदार यादवमाथि हातपात गरेको सूचना आफूले पाएको बताए ।

कसरी बनायो अश्लिल भिडियो ?

महदेवा गाउँपालिका –१ सोनरा स्थित रहेको एक किसोरी आफ्नै घरमा नुहाई रहेको अवस्थामा गाउकै एक किसोरले बाथरुममा रहेको प्वालबाट मोवाईलको क्यामरा छिराएर अश्लिल भिडियो बनाएको छ ।

यसरी अश्लिल भिडियो बनि सकेपछि टिकटकमा अपलोड गरेपछि टिकटकको फलोर्स बढने र यसबाट पैसा समेत आम्दानी हुने गाउँकै एक युवा सल्लाहमा टिकटकमा भिडियो अपलोड भएको स्थानियहरु बताउछन । माईसन्चार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here