श्रीलंकामा आर्थिक ठगी गरेको आरोपमा ३९ चिनियाँ नागरिक पक्राउ

0
74

कोलम्बो।

आर्थिक संकटबाट विस्तारै काँचुली फेरिदै गरेको श्रीलंकामा अनलाइनको माध्यमबाट आर्थिक ठगिमा संलग्न रहेका ३९ चिनियाँ नागरिकलाई श्रीलंकाली प्रहरीले पक्राउ गरेका छन् ।

अनलाइन आर्थिक ठगीमा संलग्न रहेको आरोपमा श्रीलंकाले कम्तीमा ३९ चिनियाँ नागरिकलाई पक्राउ गरेका हुन् ।

आरोपितहरुले विभिन्न देशमा बसोबास गर्दै आएका मानिसहरूलाई इन्टरनेट प्रयोग गरेर केही महिनादेखि करोडौंको रकम ठगी गरेका थिए । उनीहरुविरुद्ध विभिन्न दूतावासमा उजुरी परेपछि पक्राउ गरिएको जनाएको छ ।

उनीहरु पर्यटकीय स्थलमा बसेर ठगि धन्धा संचालन गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here