पथरीमा साहरा नेपालको ट्राफिक सचेतना कार्यक्रम

0
84

छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरी साहरा नेपाल सहकारी संस्था पथरी शनिश्चरेले २८औं वार्षिकोत्सव तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीले २८ वार्षिकोत्सवको अवसरमा ट्राफिक कार्यालय पथरी र ईलाका प्रहरी कार्यलय पथरीको सहकार्यमा ट्राफिक दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सचेतना र्याली निकालेको हो ।

मादक पदार्थ सेवन गरि सवारी साधन नचलाऊ, जेब्राक्रसबाट मात्र बाटो काटौं, दायाँ बायाँ बाटो काट्दा समयमै साईट लाईट बालौं, दुर्घटनाको पीडा चालक आफैलाई हुन्छ प्रहरीलाई हुदैन, मेरो साहारा मेरो गौरव सबैका लागि सधैका लागि ‘ जस्ता प्ले कार्डका साथ र्यालीले पथरी बजार परिक्रमा गरि संस्थाको कार्यलयमा कोण सभा आयोजना गरेको थियो ।

ट्राफिक सचेतना कार्यक्रमको अवसरमा संस्थाले पथरी शनिश्चरे वडा नं १ लाई डस्विन रिङ र ट्राफिक कार्यलय पथरी शनिश्चरेलाई नो पार्किङ र हर्न निषेधको बोर्ड हस्तान्तरण गरेको छ । संस्थाले सो अवसरमा ऋणी सदस्यलाई मुत्यु पर्यान्त वितरण गर्दै आएको ऋण मिनाहा चेक वितरण गरको छ । कार्यक्रमका प्रमुख अतिथी पथरी शनिश्चरे नगरपालिका वडा नं १ का वडाअध्यक्ष भिम कुमार राईले चेक तथा बोर्ड हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रममा अतिथि ट्राफिक कार्यलय पथरीका प्रमुख योगेन्द्र सिहं खड्काले बर्षेनी २५ हजार भन्दा बढी सडक दुर्घटना भईरहेको र यसबाट बच्न सबैले अनिवार्य ट्राफिक नियमको पालना गर्न जरुरी रहेको बताउनुभयो ।

साहारा नेपालले लामो समय देखि सामाजिक कार्यमा सकृय रहदै जनचेतना कार्यक्रम गर्दै आएको साहारा नेपाल पथरी शनिश्चरे प्रमुख चन्द्रकाला खातीले बताउनु भयो । साहारा नेपालले गरिव र विपन्नका लागि व्यापार ब्यवसायमा सरल सुलभ ढंगबाट कर्जा वितरण गर्दै विपन्नको हितमा कर्जा वितरण गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here