प्रभावकारी बन्दै ल्याप्रोस्कोपिक सर्जरी

0
192

सुरेन्द्र भण्डारी

झापा, धरान–११ निवासी ४३ वर्षीया हेमा सुनारको ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत पाठेघरको ट्युमर निकालिएको छ ।बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा प्रफेसर डा. अजय अग्रवालले उनको ट्युमर निकालेका हुन् ।

‘हामीले उपचार गरेको महिलाको पाठेघरको बहिरीभाग सुन्निएको र ट्युमर पलाएकाले पाठेघर नै फाल्नुपर्ने अवस्था थियो’– डा. अग्रवालले भने– सानो आन्द्रा समेत जोडिँदा पाठेघर फाल्न सहज थिइन तर, दुरविनको माध्यमबाट पेट नचिरिकन सानो–सानो प्वाल बनाएर सर्जरी गर्दै सहज रुपमा उनको उपचार गरेका हौं ।

उपचारपछि स्वास्थ्य लाभ गर्दै धरान–११ निवासी ४३ वर्षीया हेमा सुनार ।


पछिल्लो समय ओपन सर्जरीको सट्टा ‘ल्याप्रोस्कोपिक सर्जरी’ लोकप्रिय बन्दै गएको छ– डा. अग्रवालले भने– हामीले ओपन सर्जरी भन्दा सहज र सरल तरिकाले हेमाको उपचार सम्भव गरेका हौं । अन्य अस्पतालले  पाठेघर नै फाल्नु पर्छ भनेका रहेछन् तर, हामीले पाठेघर नफाली ट्युमर मात्रै निकाले र फालेका छौं– डा. अग्रवालले भने– जटिल शल्यक्रिया भएपनि उनको टासिएको सानो आन्द्रालाई समेत हामीले छुट्याएर सहज र सफल उपचार गरेका हौं ।

बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पताल

अस्पतालले सहज रुपमा आफ्नो ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत पाठेघरको ट्युमर निकालेको भन्दै हेमाले खुशी व्यक्त गरेकी छिन् । धरानमा भन्दा सहज र सजिलै छिटो मेरो उपचार भयो उनले भनिन्– शुरुमा पत्यार लागेको थिएन म पनि साथी मार्फत यहाँ उपचारका लागि आएकी थिए तर, यहाँ गर्ने व्यवहार र उपचारले प्रभावित भए । आफ्नो बसाई हङकङ भए पनि केही समय अघि आफू नेपाल आएको र उपचारका लागि काठमाडौंका दुई वटा अस्पताल (मेडिसिटी, अल्का) मा देखाएकी थिए तर त्यहाँ पाठेघर नै फाल्नुपर्छ भनेकाले उपचार गर्न आँट आएन– उनले भनिन्– तर बिर्तासिटी अस्पतालमा ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत सहजै उपचार पाएँ म ज्यादै खुशी छु ।

आफूले हङ्कङमा समेत उपचारका लागि डाक्टरसँग परामर्श गरेको तर, त्यहाँ पनि त्यही भनेकाले उपचार गराएकी थिइन्– उनले भनिन्– बिर्तासिटी अस्पतालमा डा. अग्रवालले राम्रो गर्नुहुन्छ भन्ने सुनेर आएकी हुँ यहाँ साच्चै राम्रा नै भयो । त्यसो त डा. अग्रवालले यो प्रविधिबाट सुनारको मात्र होइन धेरैको सफल उपचार गरेका छन् । उनले पाठेघरको ट्युमरसहित प्रसूति र निःसन्तान दम्पत्तिको समेत उपचार गर्दै आएका छन् । पछिल्लो एक वर्षदेखि उनले बिर्तासिटी अस्पतालमा ओपीडीसहित ६ हजारभन्दा धेरैको उपचार गरेको अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले जानकारी दिए । अस्पतालका कार्यकारी निर्देशक आनन्द बस्नेतले सेवाग्राहीलाई सरल, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन लागि परेको बताएका छन् । उनले पछिल्लो समय अस्पतालले स्वास्थ्य सेवालाई समेत थप स्तरोन्नति गर्दै लगेको र आम नागरिकलाई सुलभ रुपमा सेवा उपलब्ध गराउदै आएको बताए । निर्देशक बस्नेतले अस्पतालमा स्वास्थ्य विमा समेत लागू गर्ने बताएका छन् । यता अस्पतालका स्वास्थ्य निर्देशक डा. अनिलकुमार बस्नेत अस्पतालले सेवा प्रवाहा कुनै कुरा बाँकी नराखेको बताएका छन् । उनले सबै उपचार एकै ठाउँमा गर्ने गरीको तयारी भइरहेको बताए । उनले भने– हामीले सेवालाई थप प्रभावकारी बनाउँदै लगेका छौं, अब सबै खाले उपचारका लागि भारत लगायत अन्यत्र जानुपर्ने अबस्थाको अन्त्य गर्छौ ।

के हो ‘ल्याप्रोस्कोपिक सर्जरी’

दुरविनको माध्यमबाट पेट नचिरिकन सानो–सानो प्वाल बनाएर गरिने सर्जरी नै ‘ल्याप्रोस्कोपिक सर्जरी’ हो । यो विधिबाट गरिने उपचार पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । पाठेघर निकाल्ने, पाठेघरमा मासुको डल्ला पलाएको छ भने पाठेघरको नलीहरु खोल्न अथवा डिम्बासयमा सिस्टहरू पलाएको भएमा ल्याप्रोस्कपिक सर्जरीको माध्यमबाट शल्यक्रिया गर्न सकिन्छ । यो विधिबाट सर्जरी गरिए दुखाई कम, अस्पताल बसाई छोटो, जोखिम समेत कम, छिटो घाउ निको हुने, छिटो हिँड्डुल गर्न सकिने डा. अग्रवालले बताएका छन् । यो विधिबाट शल्यक्रिया गर्दा बिरामी २४ घण्टामै घर फर्किन सक्छन्– डा. अग्रवालले भने– हामीले पछिल्लो समय उपचार गराएकी धरान–११की महिला पूर्ण रुपमा तन्दुरुस्त भएर घर पर्किएकी छिन् । उनी एनआरएन रहेछिन् उनको उपचारपछि अहिले उनी हङ्कङ्ग जाने तयारी गरिरहेको बुझेको छु ।

‘ल्याप्रोस्कोपिक सर्जरी’ गर्दै डा अजय अग्रवाल ।


काटेको घाउजस्तो नदेखिने भएकाले पनि यो सर्जरी उपयुक्त छ– डा. अग्रवालले भने– ओपन सर्जरीभन्दा ल्याप्रोस्कोपिक सर्जरी केही महंगो भए पनि चाँडै निको  हुने भएकाले यो सर्जरीको महत्व बढेको हो । पाठेघरमा कहिलेकाहिँ मासु पलाउने, ट्युव बन्द भएको पत्ता लगाएर त्यसको उपचार गर्न सकिन्छ– डा. अग्रवालले भने अल्ट्रासाउण्डले सबै समस्या नदेखाउने भएकाले हिस्ट्रोस्कोपीको माध्यमबाट पाठेघरको उपचार गर्न सकिन्छ । यसले इनफर्टीलिटीको समस्या समाधान गर्न सहयोग पुग्छ । अहिले आइभिएफको प्रचलन बढिरहेको छ । तर, हिस्ट्रोस्कोपी नगरि आइभिएफमा जाँदा सफल नहुन
सक्छ । पाठेघरमा मासु पलाएको छ, टुयुव बन्द छ, झिल्लीहरू छ भने त्यसलाई निकालेपछि बच्चा सजिलै बस्छ । त्यसको लागि आइभीएफ गर्नु नपर्ने हुनसक्छ डा. अग्रवालले भने ।

को हुन् डा. अग्रवाल

प्रोफेसर डा. अजय अग्रवाल


लामो समयसम्म स्वास्थ्य सेवामा कार्यरत प्रोफेसर डा. अजय अग्रवाल बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा कार्यरत छन् । बिगत १५ वर्षसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा. अग्रवालले ताइवानमा एक वर्षसम्म फेलोसिप गरेका हुन् । उनले मिनिमल इनभेसिभ सर्जरीमा फेलोसिप गरेका हुन् । ‘ल्याप्रोस्कोपिक सर्जरी’ मा
फेलोसिप गरेका डा. अग्रवाल गाइनो सम्वन्धी दक्ष चिकित्सकका रुपमा परिचित छन् । उनले गाइनोसंगै निःसन्तान दम्पत्तिका लागि समेत उपचार गर्दै आएका छन् । हाल उनले बिर्तासिटी अस्पतालमा पछिल्लो एक वर्षमा पाँच सयभन्दा बढी शल्यक्रिया गरेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here