पत्रकार तिम्सिनाको निधन

0
161

झापा ।

पत्रकार पारस तिम्सिनाको निधन भएको छ ।

बिर्तामोड ३ निवासी ३९ वर्षीय तिम्सिनाको उपचारका क्रममा मोर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा निधन भएको हो ।

टाउकोमा व्लड जमेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उपचार गरेर घर लगिएको र फेरि उपचारका लागि अस्पताल पुर्याउनासाथ उनको निधन भएको बताइएको छ ।

विगतमा विभिन्न संचारमाध्यममा कार्यरत तिम्सिनाले पछिल्लो समय लेखापढी पेशा गर्ने गरेका थिए ।

यामनाथ तिम्सिनाका जेठा छोरा पारसको ५ बजे कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here