सांसद श्रेष्ठमाथि अख्तियारको अनुसन्धान सुरू

0
151

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरू गरेको छ ।

सञ्चारमाध्यमबाट सार्वजनिक भएको अडियोको आधारमा अख्तियारले सांसद श्रेष्ठमाथि अनुसन्धान सुरू गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालले सांसद श्रेष्ठमाथि अनुसन्धान सुरू गरिएको जानकारी दिनुभयो ।

रास्वपा सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएको थियो । उक्त अडियोमा श्रेष्ठले स्वास्थ्य मन्त्री आफ्नो पार्टीले पाउन लागेको र आफू मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको सुनिन्छ ।

अख्तियारले सार्वजनिक सञ्चार माध्यमले सार्वजनिक गरेका तथ्यहरुलाई पनि प्रारम्भिक उजुरीको मान्यता दिने गरेको छ । त्यही अनुसार २ करोड रूपैयाँ माग गरेको विषयमा अनुसन्धान सुरू गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here