अर्जुनधारामा ४० दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न

0
146

अर्जुनधारा,कम्प्युटर सम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले झापाको अर्जुनधारामा आयोजित ४० दिने आधारभूत कम्प्युटर तालिम मंगलबार सम्पन्न भएको छ । 
वडास्तरिय योजनाको दलित लक्षित कार्यक्रम अन्र्तगत आयोजित उक्त तालिमको आयोजक अर्जुनधारा–८ वडा कार्यालय र तालिम प्रदायक संस्था स्थानीय फरवार्ड एजुकेशन फाउण्डेसन प्रा.लि. रहेको थियो ।
वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, वडा सदस्यद्वय सरु बुढाथोकी र सुजता रसाइली, वडा सचिव प्रकाश पौडेलले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।


कार्यक्रममा सहभागीद्वय रोना रसाइली र साइल गहतराजले तालिमको अनुभव बारे जानकारी गराएका थिए । वडा सदस्य बुढाथोकी, पत्रकार अमित खम्बूलगायतले मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन दिपीका लोहारले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here