अरुको कुरा स्वीकार गर्दिन भन्नुभयो भने अपाङ्ग हुइन्छ – मुख्यमन्त्री कार्की

0
77

विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानूनका विद्यार्थीहरु सामााजिक इन्जिनियर (सोसियल इन्जिनियर) भएकाले उनीहरुले समाजलाई अपाङ्ग हुनबाट बचाउनुपर्ने बताउनु भएको छ । मङ्गलबार विराटनगर स्थित ब्राइट भिजन ल कलेजको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।


उहाँले मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र मेरो मात्र पहिचान सबै कुरा हो भन्दै र अरुको कुरालाई स्वीकार गर्दिन भन्न थाल्यौ भने हामी अपाङ्ग भएर अगाडि बढ्न नसक्ने दृष्टान्त प्रस्तुत गर्दै सोसियल इन्जिनियरका रुपमा रहनु भएका कानुनका विद्यार्थीहरुले यो कुरा समाजलाई राम्रोसँग बुझाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘मेरा मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र पहिचान, मेरो मात्र भूगोल सबै कुरा हो भन्नुभयो भने त्यसले हामी अपाङ्ग हुने छौ । जसरी एउटा मानिस सपाङ्ग भएर अघि बढ्न उसको शरीरका सबै अङ्गहरु उत्तिकै ढङ्गले चल्न आवश्यक छ त्यही नियम समाजमा पनि लागू हुन्छ । ’
उहाँले नेपालमा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले कानूनको जनशक्ति उत्पादनमा भरथेग गरेको चर्चा गर्दै राज्यले पुरै लगानी गरेर भौतिक संरचना बनाइदिएका शैक्षिक संस्थाहरु दिन प्रति दिन कमजोर बन्दै गएको दाबी गर्नुभयो ।
उहाँले कानुनको राम्रो विद्यार्थी, राम्रो कानून व्यवसायी (लयर) र कानुन विषयको राम्रो शिक्षक भएर निस्कने चाहाना राखेर आफूले कानुन विषयको पढाई सुरु गरे पनि आफ्नो धेरै समय विद्यार्थी राजनीतिमा खर्चिनु परेका कारण तीनवटै कुरा पुरा गर्न नसकेको स्मरण गराउँदै नयाँ पुस्तालाई यी कुरामा जोडिन र मनन गर्न अनुरोध गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले आफ्नो विगत स्मरण गर्दै भन्नुभयो– ‘ मेरो पढाइमा जति लगाव भएर निस्कने मेरो र अभिभावकको चाहाना भएपनि मैले त्यो पुरा गर्न सकिन, त्यसमा मलाई पछुतो त छैन, पुरा गर्न सकिन भन्ने मात्र छ । विद्यार्थी राजनीतिमा जोडिएर अलिक बढी समय राजनीतिमा खर्च गरेका कारण पढाईलाई त्यो स्तरमा लैजान सकिन, पढाई सकेर राम्रो लयर बन्ने धोको राखेको थिए, त्यो क्रममा प्रवेश नै गर्न पाइन, मलाई त्यसमा पछुतो लागेको छ । समय थोरै मिलाएर गर्नुपर्ने रहेछ , समयको व्यवस्थापन गर्न नसक्दा त्यसमा प्रवेश गर्न सकिन । तेस्रो कुरा– समय क्रममा कानूनको राम्रो शिक्षक भएर विद्यार्थीहरु पढाउन पाए हुन्थ्यो भन्ने लागेको थियो तर अव त्यो ठाउँमा रहिन, अब राजनीति यात्रामा म त्यो भन्दा धेरै पर पुगिसके, मेरा अध्ययनका क्रमहरु भत्किएका छन् , अब त्यसलाई जोड्न मलाई समय पनि छैन, मेरो उमेर आदि इत्यादिका कारणले मलाई त्यसमा साथ दिदैन । मेरा यी तीनवटा सन्दर्भहरुलाई जोड्न र मनन गर्न नयाँ विद्यार्थीहरुलाई अनुरोध गर्द छु । ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here