नाप नक्साको काम सुरु गर्नलाई कार्ययोजना निर्माण गर्न छलफल

0
113

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिकामा नाप नक्साको काम सुरु गर्नलाई कार्ययोजना निर्माण गर्न छलफल गरिएको छ ।

मंगलबार नगरको सभाहलमा भएको छलफलमा राष्ट्रिय भूमि आयोग मोरङ अध्यक्ष सुशिला घिमिरे, विज्ञ सदस्य प्रेमराज भारती, सदस्य सचिव सुदिप श्रेष्ठ सहभागी रहनुभएको थियो ।

त्यस्तै, नगरपालिकाको तर्फबाट नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडाध्यक्षहरु, नगर स्तरीय सहजीकरण समितिका सदस्यहरु तथा राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहनु भएको थियो ।

पथरीशनिश्चरे वडा नं. १, ४ र ८ का तोकिएका ब्लकहरुबाट नापीका कामहरु सुरु गरिने नगरको भूमि सम्वन्धी सेवा केन्द्र प्रमुख ताराप्रसाद ढकालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here