जिल्ला प्रहरी कार्यालय मोरङकोको निरीक्षण भ्रमण

0
71

मोरङ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका तर्फबाट प्रदेश प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङ निरीक्षण गरेका छन् ।

निरीक्षण भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई कार्यालय र सबै शाखा कार्यालयहरुको निरीक्षण गरी आवश्यक निर्देशन दिइएको थियो ।

त्यहाँको दैनिक कार्यलाई निर्देशन दिने, कडाई ल्याई चुस्त बनाउन, खुल्ला सिमानाका कारण हुने अपराध तथा विभिन्न आपराधिक क्रियाकलापलाई नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्ने, लागूऔषधको दुव्र्यसन तथा ओसारपसारका घटनालाई नियन्त्रण गर्ने, चोरी तथा तस्करीका घटनालाई नियन्त्रण गर्ने जस्ता व्यवस्था गरिएको थियो ।

सीमा क्षेत्रमा कडाईका साथ चेकजाँच गर्ने, सवारी दुर्घटना न्यूनीकरण गर्ने, सवारी चलाउने नियम उल्लंघन गर्नेलाई कारबाही र सवारी साधन प्रयोग गरेर हुनसक्ने आपराधिक क्रियाकलापलाई कडाइका साथ नियन्त्रण गर्ने, चेकजाँच र निर्देशन दिने व्यवस्थालाई कडाइका साथ अगाडि बढाउनु निर्देशन दिए ।

प्रहरी ऐन र नियममा कार्यरत सबै प्रहरी कर्मचारीलाई नियम–कानूनको पालना गर्न, सामाजिक सञ्जालको सही प्रयोग गर्न, आम ग्राहकसँग समान व्यवहार गर्न र मर्यादा अभिवृद्धि गर्न निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब निरीक्षक दीपक पोखरेलले मोरङ जिल्लाको समग्र अवस्थाबारे प्रहरी प्रमुख बाँस्तोलालाई जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here