सिर्जनाको छैंटौं वार्षिकोत्सवमा शुभकामना आदानप्रदान

0
156

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ ज्योति बस्तीस्थित सिर्जना बाल युवा क्लबको छैंटौं वार्षिकोत्सव एवम् शुभकामना आदानप्रदान सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष शर्मिला न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले उद्घाटन गरेका थिए ।

वडा सदस्यद्वय जानुका विश्वकर्मा र देवकुमार राईलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा सल्लाहकारद्वय अमित खम्बू, नवराम ढुंगाना, अर्जुनधारा नगरपालिकाका कर्मचारी कृष्ण नेपाल, फरवार्ड एजुकेशन फाउण्डेसनका प्रबन्ध निर्देशक इन्द्रप्रसाद गिरीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा क्लबका सदस्यद्वय प्रतिक आचार्य र विज्ञासा गुरुङले गीत प्रस्तुत गरेका थिए । क्लबकी कोषाध्यक्ष स्वस्तिका बस्नेतले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव आदर्श पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here