हजाम संघका अध्यक्ष मनोज

0
126

बिर्तामोड ।

नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल हजाम संघ झापाको सातौं जिल्ला अधिवेशनको नयाँ कार्यसमितिको अध्यक्षमा मनोज ठाकुर निर्वाचित भएका छन् ।

वीरतामोदमा बसेको समितिले ठाकुरको नेतृत्वमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा राजकपुर ठाकुर र विश्वनाथ ठाकुर, सचिव विजय ठाकुर, सहसचिव मौजुलाल ठाकुर र कोषाध्यक्षमा मुकेश ठाकुर चयन गरिएको निर्वाचन अधिकृत जयकुमार दाहालले समितिलाई जानकारी दिनुभयो ।

उनका अनुसार समितिमा उमेश ठाकुर, बुधन ठाकुर, छविलाल हजाम, दिनेश ठाकुर, प्रमोद ठाकुर र दिलीप ठाकुर सदस्य छन् । १७ सदस्यीय समितिमा नगरपालिकाको प्रतिनिधित्व गर्दै पाँच सदस्यीय कार्यसमितिलाई बसेर मनोनयन गर्न भनिएको छ ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, हजाम युनियनका केन्द्रीय सदस्य राजकुमार ठाकुर, नेपाल चिया बागान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङलेले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरेका थिए ।

यसअघि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेभेको प्रमुख अतिथि र राजब्रिज ठाकुरको अध्यक्षतामा अधिवेशनको उद्घाटन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here