पाकिस्तानको क्वेटामा बम विस्फोट हुँदा चारको मृत्यु दर्जनौं घाइते

0
94

इशलामाबाद ।

पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा सुरक्षाकर्मीलाई लक्ष्ति गर्दै गराइएको बम विस्फोटमा परेर कम्तीमा चार जनाको मृत्यु भएका छन् ।

बलुचिस्तानको प्रान्तीय राजधानी कवेटामा सुरक्षाकर्मीको गाडीमा लक्षित गरी गराइएको सो विस्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको पाकिस्तानी समाचार माध्यमहरुले जनाएका हुन् ।

पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार सुरक्षा गस्तीमा रहेको प्रहरी भ्यान नजिकै रहेको मोटरसाइकलमा बम राखिएको र सो बमलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराउँदा चार जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते हुन पुगेको छ ।

सुरक्षा अधिकारीका अनुसार घाइते मध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।
सो बम बिष्फोट पछि घटनास्थललाई सुरक्षा घेरा राखेर थप अनुसन्धान अघि जारी राखिएको पाकिस्तानी अधिकारीहरुले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here