खाद्यसुरक्षा र कृषि क्षेत्रको सम्वद्र्धनका लागि दक्षिण एशियाली मुलुकहरु बीच सहकार्यको खाँचो : एमाले अध्यक्ष ओली

0
110

शिवसताक्षी ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खाद्यसुरक्षा र कृषि क्षेत्रको सम्वद्र्धनका लागि दक्षिण एशियाली मुलुकहरु बीच सहकार्यको खाँचो रहेको बताउनु भएको छ ।

अखिल नेपाल किसान महासंघले झापाको शिवसताक्षीमा आयोजना गरेको दक्षिण एशियाली कृषी सम्मेलनलाई संवोधनका क्रममा उहाँले कुनै एक देशको प्रयास र पहलले मात्र कृषिको उत्पादकत्व वृद्धी र खाद्यसुरक्षा कायम हुन नसक्ने पनि बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले नेपाल कृषि उपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहिन र बिसाक्त खानेकुराहरु खान बाध्य हुनु परिरहेको पनि बताउनुभयो ।

उहाँले कृषिको ब्यवसायीकरण र आत्मनिर्भरताको लागि दक्षिण एशियाली मुलुकहरुबीच सहकार्यको आवश्यकता समेत औल्याउनुभयो ।

ओलीले बिहीवार पार्टी निकटका किसानहरुको संगठन अखिल नेपाल किसान महासङको रास्ट्रीय महासम्मेलनको पनि उदघाट्न गर्ने कार्यक्रम छ ।

महासम्मेलनका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधीहरु झापा आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here