मोरङका चार उद्यमी सम्मानित

0
110

छविराज ढकाल/ पथरीशनिश्चरे,

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले रोजगारी उपलब्ध गराउने चार उद्यमीलाई सम्मानित गरेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४औं वार्षिक साधारण सभा तथा महिला उद्यम समिति मोरङको २०औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री दिपक कार्कीले दोसल्ला तथा कदर पत्र सहित सम्मानित भएका हुन्।

उक्त अवसरमा २ पुरुष र २ महिला सम्मानित हुनु भएको छ। विराटनगरको बरगाछी स्थित इद्रेणी पार्टी प्यालेसमा संयुक्त रुपमा आयोजना गरिएको अध्यक्ष चेतन निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघको मोरङ जिल्लाको विराटनगर महानगरपालिका बाहेक ८ वटा पालिकामा ४ हजार १ सय भन्दा बढि सदस्य रहेका छन् ।

त्यही सदस्यहरु मध्येंबाट बढी रोजगारी उपलब्ध गराउने विराटनगर–५ स्थित चामुण्डा गार्मेन उद्योगका संचालक नरेश खत्री, पथरी शनिश्चरे स्थित न्यू गोर्खाली पाउरोटी उद्योगका संचालक तुलसी ढकाल, विराटनगरको बरगाछी स्थित तवसुम ब्यूट्री पार्लरका संचालिका सायदा तवसुम र विराटनगर–१० स्थित पोखरेल ढुवानी पिसानी मिलका संचालिका यमुना पोखरेललाई सम्मानित भएका हुन्।

केही दिन अघि नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति मोरङले आफ्ना सदस्यहरुले संचालन गरिरहेको उद्योगको अनुगम गरेका थिए । जसमध्यें ४ उद्योगले रोजगारी श्रृजना गर्ने कार्यमा उत्कृष्ट योगदान पुर्याएको निष्कर्ष निकाल्दैं ति उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको थियो ।

१५ करोड भित्र कारोबार गर्ने उद्यमीलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले सदस्यता प्रदान गर्ने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here