एनएमसी सदस्यताले आर्थिक राहत ल्यायो

0
94

बिर्तामोड।

झापाको मेचीनगर–६, कंकडभिट्टा प्रधान कार्यालय, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्य परिवारलाई ५० हजार नगद राहत प्रदान गरेको छ ।

एनएमसी सहकारी बिर्तामोड–१० सैनिक बजार सेवा केन्द्र अन्तर्गतको शेयर सदस्य धनमाया बुढाथोकीको मृत्यु भएपछि पुगर सहकारीले मृतकलाई स्वर्गीय बुढाथोकीका छोराछोरी र परिवारले गोलधाप र सैनिक सेवा केन्द्रमा व्यापार गर्दै आएका छन् ।

एनएमसी सैनिक बजार सेवा केन्द्र कार्यालय उपसमितिका संयोजक मनु मुखिया, कार्यालय प्रमुख सन्तोष ढुंगाना, गोल्डधाप सेवा केन्द्र कार्यालय उपसमितिका संयोजक कपिलमणि चापागाई, कार्यालय प्रमुख टेकनाथ घिमिरे, दुबा सेवा केन्द्र उपसमिति, एकाइ उपसमितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

संस्थामा रु ११ हजारभन्दा बढी शेयर रकम भएका सदस्यको मृत्युपछि नियमानुसार उक्त रकम दिइएको बताइएको छ । कोशी क्षेत्र भएको महानगरपालिकामा एक लाख ४० हजारभन्दा बढी शेयर सदस्य छन् ।

गोलधाप सेवा केन्द्रका प्रमुख टेकनाथ घिमिरेले कार्यक्रमको सञ्चालकता गरेका थिए भने उपसमितिका संयोजक चापागाईंले सहकारिले आफ्ना सदस्यहरुलाई सुख–दुःखमा सधै साथ दिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here