नेपाल चिया बगान श्रमिक संघमा पुनः तामाङ

0
83

झापा ।

नेपाल चिया बगान श्रमिक संघको केन्द्रीय अध्यक्षमा झापाका दीपक तामाङ पुनः निर्वाचित भएका छन् ।

संघको बिर्तामोडमा सम्पन्न सातौं केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा तामाङ चौथोपटक निर्वाचित भएको निर्वाचन समिति संयोजक लक्ष्मी शिवाकोटीले जानकारी दिए । उनी चौथो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा मिलन राई, महिला उपाध्यक्षमा नर्वदा निरौला, प्रथम उपाध्यक्षमा लोकबहादुर खड्का, द्वितीय उपाध्यक्षमा कमला खनाल र तृतीय उपाध्यक्षमा हेमराज खड्का चयन भएका छन् ।

त्यस्तै महासचिवमा जीवन खड्का, उपमहासचिवमा राम नेम्वाङ र कोषाध्यक्षमा अक्कलबहादुर श्रेष्ठ चयन भएका छन् ।

१८ सदस्यीय कार्यसमिति सदस्यमा रेणुका फुयाँल, साविर शेख, लालराज चौहान, सन्तोष करुवा, रामबहादुर मगर लगायत रहेका छन् । नवनिर्वाचित सवै पदाधिकारीलाई नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले प्रमाणपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here