तीन पत्रकार पुरस्कृत

0
84

भगीरथ भण्डारी,
इलाम।

बैशाख १ गते इलामका तीन पत्रकार पुरस्कृत भएका छन् ।

‘आशिष स्मृति पत्रकारिता पुरस्कार र क्रियाशिल महिला पत्रकारिता पुरस्कारबाट तीन जना पुरस्कृत भएका हुन् । ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’बाट इलामका पत्रकार टीका खतिवडा पुरस्कृत भएका छन् ।

क्रियाशील पत्रकार महिला पुरस्कारबाट सविता पाण्डे र सुजता सुनुवार पुरस्कृत भएका हुन् । नेपाल पत्रकार महासंघ इलामले स्थापना गरेको दश हजार रुपैयाँ राशीको पुरस्कार वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भुषण राई, प्रदेश अध्यक्ष लीलाबल्लव घिमिरे र नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराईले दोसल्ला, प्रमाणपत्र र चेक हस्तान्तरण गरेका हुन् ।

२०६७ देखि सन्दकपुर दैनिकबाट पत्रकारितामा क्रियाशील खतिवडा राष्ट्रिय समाचार, कारोबार दैनिक, माउन्टेन टेलिभिजन लगायतमा आवद्ध छन् । २०६४ सालदेखि रेडियो नेपाल वाणी एफएमबाट पत्रकारितामा क्रियाशील पाण्डे रेडियो नेपालका इलाम संवाददता हुन् ।

उनी रेडियो नेपाल वाणी एफएम, इलाम एक्सप्रेस दैनिक, हसना म्यागजीन लगायतमा आवद्ध छिन् । त्यसैगरी २०६९ देखि इलाम एफएमबाट पत्रकारितामा क्रियाशील सुनुवार उज्यालो रेडियो नेटवर्क काठमाडौंमा आवद्ध छिन् ।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल बैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिकाकोे सुलुबुङ्गमा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।

सो पुरस्कारबाट इलामका पत्रकार बेनुपराज भट्टराई, राजु शिवा, भीम चापागाँई, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, नमीन ढकाल, गणेश घिमिरे, सुमन लावती, भगीरथ भण्डारी पुरस्कृत भइसकेका छन । त्यस्तै पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भइसकेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here