भिम र गरिमा अभिनित ‘सुस्तरी सुस्तरी’ सार्वजनिक ( भिडियो )

0
134

काठमाडौं,

लोकप्रिय गायक शिव परियारको सुमधुर स्वरमा सजिएको हृदयस्पर्शी गीत ‘सुस्तरी सुस्तरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतलाई भुवन न्यौपानेले लेखेका हुन् । वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ ।

अप्रेशनको क्रममा आमाको मृत्यु भएपछि बुवाले बाचेकी छोरीलाई हुर्काउन गरेको त्याग र संघर्षलाई भिडियोमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा भिम न्यौपाने, गरिमा शर्मा र शिर्वानी थापाको अभिनय रहेको छ।

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘बिजी इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here