नेपाललाई तिब्बत बनाउने चिनियाँ षड्यन्त्र अभियानका अध्यक्ष विनय यादवको आरोप

0
106

काठमाण्डौं । 

विभिन्न समयमा चीनको नीति माथि बैचारिक रुपमा आवाज उठाउदै आएका राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले चीन नेपाललाई तिब्बत बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय एकता अभियानद्धारा हालै सिरहाको लहानमा आयोजित चिनियाँ विस्तारवाद, जिहादी अतिवादको असर र समाधान’ विषयक विचारगोष्ठीमा बोल्दै यादवले उक्त आरोप लगाएका हुन् ।

उत्तरी सीमा क्षेत्रमा भूमि कब्जा, एयरपोर्टलाई बीआरआईको चर्को ब्याजदरद्वारा चीनले नेपाललाई तिब्बत बनाउने विभिन्न षडयन्त्रको जालो बुनेको गम्भीर आरोप उनले लगाए । नेपालसँग सम्बन्धमा चीनले मनपरी गरेको र चीनले आठ महिना बितिसक्दा पनि नेपाली राजदूतको आहोदाको प्रमाण पत्र नबुझेकामा उनले आपत्ति जनाए। चीनको नेपाल प्रति हेपाहा प्रवृत्तिको संगठित भएर विरोध गर्नुपर्छ, उनले भने।

नेपाली समाजमा व्याप्त कुसंस्कार र राजनीतिक दलको संवैधानिक विचलनबाट देशमा आज संकटको भुमरीमा परेर विभिन्न शंका उपशंकाहरु उत्पन्न भएको संविधानसभा सदस्य तथा कार्यक्रमका विशिष्ठ अतिथिको रुपमा उपस्थित भएका बीपी यादवले बताए । चीनले अनावश्यक नेपाललाई ऋणको जालमा फसाइरहेको र आउने दिनमा श्रीलंका जस्तो देशको हालत बनाउन चीनको मनसाय रहेको उनले बताए ।

मधेशमा मुस्लिम दाजुभाइहरूलाई विदेशी मौलानाहरूको माध्यमबाट जिहादी अतिवादीको प्रशिक्षण प्रदान गरी समाजमा साम्प्रदायिक दंगा गराउने योजना अनुरूप कार्य भइरहेको र यस्ता असामाजिक तत्त्वबाट सचेत रहनु पर्ने उनले बताए ।

कार्यक्रम अविनाश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत भाषण अनुपमा झा, महिला अधिकारकर्मी रीता महतो, अभियानका सदस्य मनोज पासवान, समाजसेवी भरत साह, प्राध्यापक कन्हैया भट्ट, व्यवसायी राजु मण्डल लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here