चीनलाई आतंकबादीहरुको तनाव शुरु सिन्ज्याङमा बिद्रोह हुने अनुमान

0
112

बेइजिङ:

चीनले अफगानिस्तानमा आतंकवादको आक्रमणले स्थिति खराब हुँदै गएको र तालिबान शासकहरूले छिमेकी देशहरू विशेष गरी पाकिस्तानका लागि समस्या निम्त्याउने आतङ्ककारी समूहहरूमाथि कारबाही गर्ने आफ्नो संकल्प पूरा गर्नुपर्ने बताएको छ। आतंकवादी समुह टीटिपीको बारम्बार आक्रमणबाट पाकिस्तान चिन्तित छ ।

इस्लामाबादले यो समूहले अफगान भूमिबाट आफ्नो गतिविधि गरिरहेको आरोप लगाएको छ। अगस्ट २०२१ मा अफगानिस्तान कब्जा गरेपछि चीनले तालिबानलाई समर्थन गर्दै आएको छ। चीनले तालिवानको सहयोगमा सिनजियाङ प्रान्तमा सक्रिय आतंककारीलाई कारबाही गर्न सक्ने आशा गरेको थियोे । अहिले जसरी अफगानिस्तानमा आतंककारीले पाकिस्तान भित्र हमला गरि रहेको देखदा चीनलाई उईगर मुस्लिमहरुको बिद्रोह हुने शंका हुन थालेको बताएको छ ।

उज्बेकिस्तानको समरकन्दमा आयोजित अफगानिस्तानका छिमेकी राष्ट्रहरूको सम्मेलनको अध्यक्षता गरेपछि चिनियाँ विदेशमन्त्री छिन काङले बिहीबार अफगानिस्तानमा आतङ्कवादको समस्या दिन दिनै खराब हुँदै गएको बताएको छ । अफगान आतंकवादी समूहको संख्या आज 20 भन्दा बढी पुगेको छ।

सम्मेलनमा चीन, रुस, पाकिस्तान र इरानको सहभागिता थियो । अफगानिस्तानसँग सीमा जोडिएको उइगुर मुस्लिम बहुल सिनजियाङ प्रान्त चीनले बोलाएको यो चौथो विदेश मन्त्रीहरूको बैठक हो । चीन अहिले आत्तिएको छ । उसलाई अब आतंकबादीको डर हुन थालेको छ ।

समरकन्द बैठकको अन्त्यमा जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ कि अफगानिस्तानमा आधारित आतंकवादी समूहले छिमेकी देशहरूको लागि गम्भीर समस्या खडा गरेको छ। बैठकमा पाकिस्तानका विदेश राज्यमन्त्री हिना रब्बानी खार सहभागी भएकी थिइन् । चीनले अफगानिस्तानमा आतंकवाद घटनाले परिस्थिति समस्याग्रस्त भएको र तालिबान शासकहरूले छिमेकी देशहरू, विशेष गरी पाकिस्तानका लागि समस्या निम्त्याउने आतंकवादी समूहहरूमाथि कारबाही गर्ने आफ्नो संकल्प पूरा गर्नुपर्ने बताएको छ।

अफगानिस्तानमा बढ्दो आतंकवादबाट चीन र पाकिस्तान दुवै डराएका छन्। अफगानिस्तानमा आतंकवाद बढेमा त्यसको प्रत्यक्ष असर आफ्नो देशमा पर्न सक्ने भन्दै दुवै देश आशंकामा छन् । चीन सिनजियाङमा पूर्वी तुर्कमेनिस्तान नामक आतंकवादी संगठनबाट चिन्तित छ भने पाकिस्तान आफैं आतंकवादको कारखाना हो।

पाकिस्तानले आरोप लगाएको छ कि आतंकवादीहरू अफगानिस्तान हुँदै आफ्नो देशमा प्रवेश गर्छन् र आक्रमण गरेर फर्केर भाग्छन्। यो बिश्व सामु पाकिस्तान झुठो बोलेको कुनै नौलो घटना हैन । पाकिस्तान विभिन्न आतंकबादी संगठन आफै संचालित छ्न । भारतकोजम्मुकस्मिर पाकिस्तान बाट विभिन्न समयमा आतंकबादी गतिविधि भएको प्रमाणिात नै भएको श्रोतले दा गर्दै आएको छ । एजेन्सी न्युज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here