उदयपुरमा हाटबजार पुनःसञ्चालन

0
69

उदयपुर,

उदयपुरको मध्यपहाडी क्षेत्रको दुर्गम गाउँपालिकाका क्षेत्रमा द्वन्द्वकालमा बन्द भएका हाटबजार नया वर्षसँगै पुनः सञ्चालनमा आएका छन् ।

लिम्चुङबुङ गाउँपालिका–२ बराहको कटुवाल भञ्ज्याङस्थित राई चोक र मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१ स्थित माझखर्कको डाँडामा बन्द भएका हाटबजार नयाँ वर्षको सुरुआतसँगै सञ्चालन गरिएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् । लिम्चुङबुङका अध्यक्ष मेजर ककुमार राईले पुस्ताँैदेखि सञ्चालित हाटबजार सञ्चालनमा ल्याउनु जरुरी भएको बताउनुभयो ।

“हाटबजार सञ्चालन हुँदा किसानको उत्पादन बिक्री गर्न सहज हुन्छ, बाहिरका अन्य वस्तु पनि हाटबजारमा नै किन्न सकिन्छ”, उहाँले भन्नुभयो । गाउँपालिकाले प्रत्येक महिनाको १ गते र १५ गते हाटबजार सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै द्वन्द्वकालमै बन्द रौतामाई गाउँपालिका– १ माझखर्क डाडाँको हाटबजार यही वैशाख १ गतेदेखि सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताउनुभयो । व्यापारिक दृष्टिकोणले हाटबजार सञ्चालन आवश्यक भएको उल्लेख गर्दै उहाँले स्थानीयको सहजतालाई ध्यानमा राख्दै हाटबजार पुनःसञ्चालन गर्नुपरेको बताउनुभयो ।

बन्द भएका अन्य हाटबजार पनि पुनःसञ्चालनमा ल्याइने उहाँको भनाइ छ । रौतामाई–५ को सल्ले बजार तथा वडा नं ४ को रसुवाघाटको हाटबजार पनि चाँडै सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here