चीनमा डढेलोका कारण करिब दुई हजार विस्थापित

0
74

चीन,

दक्षिणपश्चिम चीनको युनान प्रान्तको जङ्गलमा डढेलो लागेपछि करिब दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको स्थानीय अग्निनियन्त्रकहरूले बताएका छन् ।

शनिबार मध्याह्नसम्म डढेलो नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन् । घटनामा कुनै हताहती वा मृत्यु भएको खबर प्राप्त भएको छैन ।

युसी शहरमा रहेको अग्नि नियन्त्रक मुख्यालयका अनुसार २८० वटा दमकल र तीनवटा हेलिकप्टरको सहायताले चार हजारभन्दा बढी मानिसले आगो निभाउने काम गरेका थिए ।

शनिबार मध्याह्नसम्ममा जियाङचुआन जिल्लामा लागेको आगो नियन्त्रणमा आइसकेको र होङटा जिल्लामा पनि आगो नियन्त्रणमा आइसकेको मुख्यालयले जनाएको छ ।

जियाङचुआन जिल्लाको एक बस्ती नजिकै मङ्गलबार लागेको डढेलो आसपासका क्षेत्रमा फैलिएको थियो । युनान मौसम विज्ञान सेवाले आगामी पाँच दिनमा सात शहर र प्रिफेक्चरमा तातो र सुख्खा मौसमको पूर्वानुमान गरिएकाले जङ्गलमा लागेको डढेलोका लागि यस वर्षको पहिलो खतराको सङ्केतको सूचना नागरिकलाई गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here