भारतकाे सहयाेग एसियाकै दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन

0
46

काठमाण्डौं ।

दशक २०७०–७९ मा नेपाली अर्थतन्त्र र आपूर्ति प्रणालीमा योगदान गर्ने महत्वपूर्ण परियोजना हो, मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७६ भदौ २४ गते यो मल्टिप्रोडक्ट पाइपलाइन निर्माण पूरा भएर उद्घाटन भएको थियो। पाइपलाइन निर्माणपछि भारतबाट ट्यांकरमा तेल ओसार्ने बाध्यता अन्त्य भएको छ। हालका लागि पाइपलाइनबाट डिजेलमात्र आयात हुँदै आएकोमा भविष्यमा पेट्रोल पनि यसैबाट आयात गर्न मिल्ने गरी काम भएको छ। पाइपलाइनबाट प्रतिघण्टा १ लाख ९३ हजार लिटरसम्म डिजल आउने गरेको छ।

नेपाल आयल निगमका अनुसार आगामी सन् २०२४ को जनवरीभित्र पेट्रोल आयात गर्न मिल्ने पूर्वाधारको निर्माण पूरा गर्ने लक्ष्य राखेर मंसिर २९ गते पाइपलाइनको दोस्रो चरणको काम सुरु भएको छ। पाइपलाइनमार्फत आयात हुने तेलले देशको ६५ देखि ७० प्रतिशत पेट्रोलियम खपत धान्नेछ।

दोस्रो चरण सम्पन्न भएसँगै बरौनीदेखि अमलेखगन्जसम्म ट्यांकरमा तेल आयात गर्नुपर्ने छैन। पाइपलाइनबाट कम समयमा बन्द प्रणालीबाट भारतबाट आयात हुने पेट्रोलमा गुणस्तर कायम र चोरी तथा मिसावटको डर पनि अन्त्य भएको छ।

पाइपलाइनबाट डिजेल आयात हुन थालेदेखि निगमकोे मासिक दुई अर्ब रुपैयाँ ढुवानी खर्च जोगिएको छ। पेट्रोल पनि आउन थालेपछि मासिक चार अर्ब रुपैयाँ जोगिनेछ। पाइपलाइनका कारण उपभोक्तालाई इन्धनको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ सस्तो परेको निगमले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here