मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

0
90

मोरङ ।

मोरङको उर्लाबारी नगरपालिका–४ इटबारे पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट बराहक्षेत्र नगरपालिका सुनसारिकाका ५६ वर्षीय हिजो बेलुका लोकबहादुर परियारको मदन भण्डारी ट्रमा सेन्टर मंगलौरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ठक्कर खाने मोटरसाइकल चालक सुनसरी इटहरी उपमहानगरपालिका–२ का २२ वर्षीय प्रवीण श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here