जलेश्वरको शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रम सम्पन्न

0
168

अर्जुनधारा ।

नव वर्ष २०८० र नजिकिदै गरेको मातातीर्थ औंशीको अवसरमा झापाको अर्जुनधारा–८स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सोमबार शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रको कार्यालयमा केन्द्रकी अध्यक्ष पुनम पोखरेल सुवेदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नारी चेतना महिला समूहकी अध्यक्ष पम्फा विश्वकर्माले उद्घाटन गरेकी थिइन् ।

समाजमा उदाहरणीय व्यक्तित्वको पहिचान बनाउन सफल स्थानीय मायादेवी निरौलालाई कार्यक्रममा दोसल्ला ओढाई, सम्मान पत्र र नगदसहित सम्मानित गरिएको थियो ।

केन्द्रकी अध्यक्ष सुवेदीले औचित्य बारे जानकारी गराएको कार्यक्रममा शितला कृषक समुहका अध्यक्ष सोमनाथ पोखरेल, सिंहदेवी कृषक समूहका अध्यक्ष सूर्यबहादुर श्रेष्ठ, भाग्यलक्ष्मी कृषक समूहकी कोषाध्यक्ष रत्ना राजवंशी, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी सदस्य गायत्रा काफ्ले, केन्द्रका सल्लाहकार मेदनी गुरागाईं, पत्रकार अमित खम्बूलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

केन्द्रकी उपाध्यक्ष देवकला प्रसाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव इन्दिरा दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here