ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा चिनियाँ नागरिक पक्राउ

0
32

एजेन्सी,

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पाकिस्तानको माथिल्लो कोहिस्तान क्षेत्रमा निर्माणाधीन दासु जलविद्युत परियोजनामा कार्यरत चिनियाँ कामदार ईश निन्दा गरेको आरोपमा पक्राउ परेका हुन् ।

सँगै काम गरिरहेका पाकिस्तानी मजदुरले ती चिनियाँ नगरिकविरुद्ध कोमिला प्रहरी चौकीमा ईश निन्दाको उजुरी दिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । ती चिनियाँ नागरिकविरुद्ध सो जलविद्युत परियोजनामा भारी सवारी चालकका रुपमा कार्यरत पाकिस्तानी नागरिकहरु गुलिस्तान र यासिरले उजुरी दर्ता गरेको डनले उल्लेख गरेको छ ।

ती चिनियाँ नागरिकविरुद्ध पाकिस्तान दण्डसंहिताको धारा २९५ (सी) अन्तर्गत कारवाही अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

ती चिनियाँ नागरिकले ईश्वरको निन्दा गरेको हल्ला फैलिएपछि उक्त जलविद्युत परियोजनाका लागि स्थापना गरिएको चिनियाँ शिविरनजिकै स्थानीयहरुले प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनकारीले चिनियाँ शिविरमा आक्रमणको प्रयास गरेको डनले जनाएको छ ।

पाकिस्तानमा विभिन्न समयमा ईश्वरको निन्दा गरेको आरोपमा हिंसात्मक घटना हुँदै आएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here