नेपाल आइपुगे भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले

0
37

काठमाडौं :

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुगेका छन्।

सुदूरपश्चिम प्रदेशमा शनिबार सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार धनगढी आइपुगेका हुन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथाइवालेलाई धनगढीमा स्वागत गरे। चौथाइवालेले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र मंगलबार नै काठमाडौं पुगेर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी भइरहेको बेला चौथाइवाले नेपाल आउनुभएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here