लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

0
56

मोरङ ।

मोरङको उर्लाबारी नगरपालिका–३ केर्खाली चोकबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१९ बर्षीय बिश्वास धिमालको घरमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनको घरबाट २१ ग्राम ब्राउन सुगर फेला पारे सगै बेचबिखानमा संलग्न धिमाल, २२ बर्षीय आलोक धिमाल र भक्तपुर चाँगुनारायण नगरपालिका(१ का २८ बर्षीय उपेन्द्र खड्का समेतलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here