माइडियाको नयाँ वर्ष अफर

0
113

झापा,

नेपालमा माइडिया उत्पादनको आधिकारिक वितरक चौधरी ग्रुपले आफ्ना ग्राहकहरुका लागि नयाँ वर्षको आकर्षक योजना ल्याएको छ ।

‘नयाँ वर्ष २०८० को बहार, दुबई घुम्ने मौका र पक्का उपहार’ योजनाले ग्राहकहरूले माइडियाको चयन गरिएका उत्पादनहरू खरिद गर्दा निश्चित उपहारहरू प्राप्त गर्न सक्नेछन् भने कुनै पनि माइडियाको उत्पादनहरूको खरिद गर्दा लक्की–ड्र मार्फत दुबई भ्रमण गर्ने अवसर पाउनेछन् ।

निश्चित उपहारहरूका लागि ग्राहकहरूले ६ र ७ केजीको वासिङ मेसिन र डबल डोर रेफ्रिजरेटरकोे खरिदमा क्रम्पटन ड्राइ आइरन, ८ र ९ केजीको वासिङ मेसिन र शोकेसको खरिदमा १ लिटरमाइडिया राइस कुकर, १० केजी वासिङ मेसिन र (८ केजी÷६ केजी) वासर ड्रायरकोे खरिदमा १.८ लिटर माइडिया राइस कुकर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, मल्टी डोर रेफ्रिजरेटरको खरिदमा माइडिया इन्डक्सन कुकर र साइड बाइ साइड रेफ्रिजरेटर खरिदमा माइडिया एयर फ्राइर प्राप्त गर्न सक्ने बताइएको छ । माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाहर लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ ।

माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसायभित्रका १० भन्दा बढी ब्राण्डहरु मध्ये एक हो । माइडिया गु्रप एक अग्रणी विश्वव्यापी उच्च–प्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फर्च्यून ५०० मा २८८ स्थानमा रहन सफल भएको जनाइएको छ । माइडिया ग्रुपको व्यापार घरेलु उपकरणभन्दा बाहिर छ । जसमध्ये एच.भि.ए.सि., रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आई.ओ.टि, साथै स्मार्ट लजिस्टिक र कम्पोनेन्टहरू जस्ता व्यापार स्तम्भहरू पनि समावेश गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here