वीरता लेडी जेसीजद्वारा कन्याममा निःशुल्क स्वास्थ्य शिविर

0
145

बिर्तामोड ।

सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको वीरता लेडी जेसीजले छिमेकी जिल्ला इलाममा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

ग्रामिण क्षेत्रका नागरिक स्वास्थ्यबाट बञ्चित हुनु नपरोस् भन्ने उद्धेश्यले इलामको सूर्योदय नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले बताइन् । ग्रामिण क्षेत्रमा पनि यस्ता कार्यहरु गर्नुपर्छ भन्ने सन्देश लिएर वीरता लेडी जेसीजले स्वास्थ्य शिविरको आयोजना गरेको बताइएको छ ।

वीरता लेडी जेसीजको आयोजना नोवेल मेडिकल कलेजको प्राविधिक सहयोग र कन्याम होटल ब्यवसायी समूहको सह-आयोजनामा निःशुल्क स्वास्थ्य शिविरमा तीन सय ३७ जनाले सेवा लिएकाा थिए ।

सूर्योदय नगरपालिका ७ स्थित कृष्णाश्रम माविमा सम्पन्न शिबिरबाट सूर्योदय नगरपालिका वडा नं ६, ७ र ८ का नागरिक, कन्याम चियाबगानका मजदुर विद्यालयका विद्यार्थी गरी दुई सय १२ महिला र एक सय २५ पुरूष गरी जम्मा तीन सय ३७ जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए ।

बिराटनगरस्थित नोबेल मेडिकल कलेजबाट आएका बिशेषज्ञ डाक्टरहरूले जनरल मेडिसिन, स्त्री रोग ,हाड जोर्नी ,नाक कान घाँटी रोग, छाला रोग, आँखाको शल्यक्रिया , बाल रोग, दन्त रोग , मुटुरोग, भिडियो एक्स–रे, रगत तथा पिसाबको परीक्षणको सेवा दिएका थिए ।

परीक्षण स्थलमै बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको थियो । वीरता लेडी जेसिजकी अध्यक्ष संगीता गिरीको अध्यक्षतामा भएको काार्यक्रममा सूर्योदय नगरपालिकाकाा नगरप्रमुख रणबहादुर राईको प्रमुख अतिथ्य रहेको थियो ।
नेपालकै उत्कृष्ट नगरको रुपमा रहेको सूर्योदय नगरपालिकामा आएर निःशुल्क शिविर गरेको भन्दै उनले प्रशंसा गरे । उनले यस्तो मानव हितका काममा अझ सफलता मिलोस् भन्दै वीरता लेडी जेसीजलाई धन्यवाद दिए ।

शिविरमा गाँउ–गाँउबाट आएका र्सवसाधारण नागरिकले स्वास्थ्य शिविरको प्रशंसा गरेका थिए । वीरता लेडी जेसीजकी सदस्य विनम बस्नेतले आस्था बाचन गरेको कार्यक्रममा उपाध्यक्ष प्रभा रायाले स्वागत, सदस्य तारा बस्नेतले मिसन भिजन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन महासचिव निशा शाक्यले गरेकी थिइन् ।

सामाजिक सेवा अन्तरगर्त वीरता लेडी जेसीजले विद्यार्थीलाई निःशुल्क ब्याग वितरण, पूर्वीनाका कांकरभिट्टामा चेलीबेटी बेचबिखन विरुद्ध सचेतना मुलक कार्यक्रम, उच्च शिक्षा अध्ययरत विद्यार्थीलााई मानव अधिकार शिक्षा तथा विद्यार्थीहरुको क्षमता अभिवृद्धि, लेडी जेसीजका पदाधिकारी तथा महिलाहरुलाई नेतृत्व र ब्यक्ति विकास तालिम, ट्रााफिक सचेतना, इटहरी स्थित माया घरमा कपडा वितरण लगायतका कार्यक्रम सम्पन्न गरिसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here